अवैध बालुवाखानी दर्तागर्ने कागजमा हस्ताक्षेर नगरेपछि मेयरले कार्यकारीलाई हटाए



लितपुर – ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कार्यकारी अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाइदिएका छन्।

आइतबार अवैध रुपमा वालुवा निकासी गर्दै आएको खानी दर्ता गर्नका लागि मेयरले कार्यकारीलाई दवाव दिएको र उनले मेयरले कालेखेको पत्रमा हस्ताक्षर गर्न नमानेपछि मेयरले कार्यकारीलाई कार्यालयमा नआउन भन्दै ‘नेम प्लेट’ समेत निकालिदिएको बताइएको छ ।

कार्यकारी अधिकृत पन्थीले हस्ताक्षर गर्न नमानेपछि मेयरले स्थानीय सरकार सञ्चालन ऐन मिच्दै सोमबारदेखि वीरगन्जबाट काजमा आएका सन्तबहादुर बस्नेतलाई निमित्त कार्यकारीको जिम्मा दिएका छन्।

शुक्रबार नगरपालिकामा प्रशासकीय अधिकृत पन्थीको ‘नेम प्लेट’ ढोकामाथि झुण्डाएको भेटिएको थियो ।

उक्त ‘नेमप्लेट’ समेत मेयरले कर्मचारीलाई हटाउन लगाएका थिए। यो आजको नारिक दैनिकमा खबर छापिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्