टिएस फिलिम्स्को प्रस्तुतीमा काठ्माण्डौको बानेस्वरमा अवस्थित किड्स क्यापिटलले बालबालिकाहरुको ट्यालेन्ट सो कार्यक्रम शुरु भएको छ । विभिन्न कार्यक्रम मार्फत बालबच्चाहरुको क्षमताको प्रस्फुटन गर्नु यो कार्यक्रमको उद्धेस्य रहेको छ ।यो कार्यक्रममा बालबच्चाहरुमा अन्तरनीहित क्षमता जस्तैः गीत गायन, नृत्य, अभिनय जस्ता वौद्धिक क्षमताको विकासका गतिविधीहरु रहने छन् ।
कार्यक्रममा नायक तथा मोडल कोरियोग्राफर यसराज गराजले कोरियोग्राफी प्रशिक्षण दिइरहेका छन । गायनमा कुन्ती मोक्तान र नृत्यमा गम्भीर विष्टले प्रशिक्षण दिइरहेका छन् । प्रतियोगिताको निर्णायकहरु वरिष्ठ अभिनय प्रशिक्षक तथा कलाकार विरेन्द्र हमाल र निर्देशक तथा नायक रोसन कुमार लगाएत रहेका छन् । यस कार्यक्रमका आयोेजकहरु त्रय यसराज गराज, जोर्डनराज भण्डारी र विजय शाह रहेका छन् ।
यस कार्यक्रम अन्तरगत बालबालिकाहरुले विभिन्न प्रतियोगिताहरुमा आफ्नो प्रश्तुती कसरी प्रश्तुत गर्ने ? जस्ता कुराहरुपनि सिकाइन्छ ।कार्यक्रम बैशाख १० सम्म चल्ने छ भने १२ गते प्रतियोगिताको फाइलन तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।यो कार्यक्रमको समापनपछि अन्य विविध कार्यक्रमहरुपनि सञ्चालन गरिने बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।