काठमाडौं, २४ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीबीच १२ बुँदे सहमति भएको छ ।
नेपाललाई समुद्रसम्म जोड्नेलगायत भारतको रक्सौलबाट काठमाडौंसम्म रेलमार्ग जोड्ने सहमति पनि भएको छ ।
सहमतिको ९ नम्बर बुँदामा नेपाल–भारत कृषि सहाकार्य र भारतको रक्सौलदेखि काठमाडौंसम्म रेल सेवा विस्तार गरिने हस्ताक्षर भएको छ ।
भारतीय समकक्षीले गरेको सहमतिका लागि ओलीले धन्यवाद दिएका छन् । ओलीको समृद्धि र विकासको अबको सपना पुरा गर्ने विषयमा छुट्टै भेटमा पनि पर्याप्त छलफल भएको भन्दै भारतीय समकक्षी मोदीले सहयोग गरिने बताएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।