मन्त्री खड्काको स्मृति शोकसभा



सैघाली खबर ।  दाङ,२४ चैत्र । कांग्रेसका प्रभावशाली नेता एंव पूर्व मन्त्री खुमबहादुर खड्काको स्मृतिमा दाङको नारायणपुर र धर्नामा श्रद्धाञ्जली सभा सम्पन्न भएका छन् । काग्रेस त्रिपुर नगर समितिको आयोजनामा नारायणपुरमा श्रद्धाञ्जली सभा भएको छ । नगर सभापति दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले खड्काको निधनमा दाङले एक कुशल अभिभावक गुमाएको बताएका थिए । उनीहरूले दाङ सहित राप्तीको विकासमा र पश्चिम नेपालको विकासमा अतुलनिय योगदान पुर्याएको भन्दै उनको सम्झना गरेका थिए । प्रजातन्त्र रक्षाकालागि सधै तत्पर बनेका खड्का सधै कार्यकर्ताहरुको पक्षमा रहेको वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठ, पूर्व सांसद राजु खनाल, कांग्ेस नेता भरतबहादुर न्यौपाने, कांग्रेसका जिल्ला उपभापति कमानसिंह भारति, सचिव शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, पूर्व क्षेत्रीय सभापति देवराज लामीछाने, महासमिति सदस्य टेकबहादुर डाँगी, माओवादी केन्द्रका नेता माधवप्रसाद पाण्डे, शिक्षक संघका सरद धिताल, शिक्षक युनियद दाङका पूर्व अध्यक्ष चिन्ताबहादुर बुढाथोकीले शोक मन्तव्य राख्नुभएको थियो ।

 

यस्तै कांग्रेसका जिल्ला सदस्य बालिका लम्साल, महिला संघ दाङका सचिव लक्ष्मी लम्साल, क्षेत्रीय सचिव बद्रिकुमार खड्का, क्षेत्रीय सदस्य रेखबहादुर वली, महिला संघका क्षेत्रीय अध्यक्ष जानका केसी, महिला संघका केशरी विक, दानबहादुर बुढाथोकी, चन्द्रप्रसाद चौधरी(बुटनिया), निर्मल नेपाली, घोराही उपमहानगरपालिका वडा नम्बर ८ का सभापति कुलप्रसाद रजौरे (श्रवण), घना डिसी, शिव लामीछाने, हुमबहादुर खड्का, चन्द्रप्रसाद चौधरी(जलौरा), दिपक न्यौपानेले शोक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले खड्कको जीवनीमा आधारित कृति प्रकाशन गरेर ईतिहास कायम गर्न कांग्रेस जिल्ला कार्यसमितिलाई अनुरोध गरेका थिए ।

कार्यक्रमको सहजिकरण त्रिपुर नगर सचिव विष्णुकुमार देवकोटाले गर्नुभएको थियो । यस्तै दलित संघ दाङको आयोजनामा खुमबहादुर खड्काको जन्मगाँउ धर्नाको भैसापथ्रामा श्रद्धाञ्जली सभा भएको छ । संघका जिल्ला अध्यक्ष बाबुराम बिकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आफू जन्मेको गाँउ धर्नाको विकास र धर्नाबासीहरुकालागि खड्काले अतुलनिय योगदान पु¥याएको बताएका थिए । उनीहरुले खड्का आफुहरुको अभिभावक भएको भन्दै एक कुशल अभिभावक गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । साथै सहभागीहरुले खुमबहादुरल पार्टि, समाज र राष्ट्रकालागि पु¥याएको योगदानको उच्च कदर गर्न नेपाली कांग्रेसलाई अनुरोध गरेका थिए । कार्यक्रममा धर्नाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्