अखिल क्रान्तिकारी जनता क्याम्पस कमिटि



 

तुलसीपुर २४ चैत . माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जनता बिद्यापीठ बिजौरी क्याम्पस मूल इकाई कमिटि गठन गरिएको छ । शनिबार भएको भेलाले नयाँ कमिटि गठन गरेको हो ।

 

गणेश चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा अञ्जु कुरमी, सन्देश बिक, सचिबमा दिपेस राजबंसी, सहसचिबमा जायस भट्ट, अनुस्कार मगर , कोषाध्यक्षमा सरिता सापकोटालाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा बिमल जनाला, पुरण मगर, जय बहादुर रोकाय, प्रकाश लहार, मेलिना मगर, अस्मिता गिरीलाई चयन गरिएको छ ।

 

नबनिर्बाचित चौधरीको अध्यक्षता तथा केन्द्री सदस्य दुर्गा बिकको प्रमुख आतिथ्य एबं जिल्ला सहसंयोजक सुवास बस्नेतको बिशिष्ट आतिथ्यमा भएको भेलाले नयाँ कमिटि गठन गरिएको हो । साथै भेलामा जिल्ला आयोजक भेला सदस्य प्रदिप विष्टलगायतको सहभागिता रहेको थियो ।

 

नयाँ कमिटिको पहिलो बैठकले शैक्षिक सुधार गर्न जनता विद्यापीठमा रहेका शैक्षिक मुद्धाहरुलाई लिएर क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । साथै तुलसीपुर १८ मा रहेको असहाय बाल बिकास केन्द्र बिजौरीमा रहेको १३ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ । त्यस अबशरमा बक्ताहरुले बैज्ञानिक शिक्षा अहिलेको आबश्यक रहेको बताएका थिए ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्