दिगो ब्याबस्थापनमा सरोकारवाला को भुमिका विषयक अन्तरक्रिया सम्मपन्न



सैघाली खबर
गढवा ,२५ चैत

 

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा को आयोजनामा पुस्तकालय को दिगो ब्याबस्थापनमा सरोकारवाला को भुमिका विषयक अन्तरक्रिया तथा लेखक सम्मान कार्यक्रम सनिवार गढवामा सम्पन्न भएको छ ।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष गिरिराज भट्ट को सभापतित्व, लेखक तथा सहित्यकार प्रा।डा।शिव सुवेदी को प्रमुख आतिथ्य तथा नागरिक समाज दाङ का उप संयोजक,लेखक,पत्रकार तथा साहित्यकार निम बहादुर थापाको बिशिस्ट आतिथ्य मा भयेको अन्तर क्रिया तथा लेखक सम्मान कार्यक्रम मा बोल्ने बक्ता हरुले देउखुरीमा शिक्षा तथा ज्ञानको क्षेत्रमा सेवा प्रवाह गरिरहेको यस पुस्तकालय को दिगो ब्यबस्थापन का लागि स्थानिय तह बाट आर्थिक सहयोग माग गरेर,संरक्षण का लागि हातेमालो गरेर अगाडि बढ्नु आवश्यकता रहेको र यस देउखुरी सामुदायिक पुस्तकालय अध्यन केन्द्र को रूपमा स्थापित गरि जन समुदाय मा रहेको श्रोत केन्द्र प्रती को बुझाइमा एक रुपता ल्याउनु पर्ने आवस्यक रहेको कुरामा जोड दिएका थिए ।

कार्यक्रम मा कुसुण्डा जाती र शब्दकोष का लेखक तथा अनुसन्धान्कर्ता उदय आले लाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरियेको थियोे ।

कार्यक्रम मा राजमो का गुण निधि शर्मा,अवधि संस्कृति बिकाश केन्द्र दाङ का अध्यक्ष जगत राम यादव,साहित्य प्रेमी उमाकन्त पन्त ,साहित्य कार भगवती चौधरी , समाज सेवि शंकर पाण्डे ,गढवा होटेल व्यबसायी दयाराम थापा,देउखुरी सहित्य मन्च का उपाध्यक्ष शेर बहादुर चौधरी ,साहित्यकार बाल गोबिन्द चौधरी ,देउखुरी उद्योग बाणिज्य संघ गढवा का सस्थापक अध्यक्ष युव राज पोख्रेल, कपिल देव खनाल,तेज प्रसाद न्यौपाने, गायक तथा संगीत कार सचेत बिरही भण्डारी, सम्मनित स्रस्टा उदय आले र पत्रकार दसरथ घिमिरे लगायत ले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

पुस्तकालय तथा स्रोत केन्द्र का उपाध्यक्ष पुरन चौधरी को स्वगात मन्तब्य बाट शुरु भएको कार्यक्रम को सन्चलन सचीव शिव राज पन्थी ले गर्नु भएको थियो । अध्यक्ष गिरिराज भट्ट ले कार्यक्रम को विषय बस्तु बारे जानकारी गराउनु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्