गढवा गाउँपालिकाले विश्व स्वास्थ्य दिवस मनायो



सैघाली खबर
गढवा ,२५ चैत
स्वस्थ्य सेवा सबै लाई जहिले पनि जहाँ पनि भन्ने मुल नाराका साथ गढवा गाउँपालिका को आयोजनामा विश्व स्वास्थ्य दिवस २०१८ गढवा प्राथमिक स्वास्थ्य केन्द्र को सभा हल गढवामा सम्पन्न भएको छ ।

गढवा गाउँ पालिका वाड न।६ का वाड अध्यक्ष वाल चन्द्र हमालको सभापतित्व, गढवा गाउँ पालिका का प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर ओलि को प्रमुख आतिथ्यमा भयेको अन्तर क्रिया कार्यक्रम मा प्रमुख अतिथि को आसन बाट बोल्दै अधिकृत ओलि ले स्वस्थ्य हुन को लागि आनि,बानी व्यबहार ,आहार र बिहार आवस्यक रहेको बताउनु भयो ।एउटा व्यक्ति पुर्ण स्वस्थ रहन लाई नियमित शारीरिक ब्यायम र सन्तुलित भोजन गर्न जरुरी रहेको कुरामा जोड दिनु भयो ।

विश्व मा अहिले २ करोड ४० लाख जना भोकमरि को चपेटामा छन भने नेपाल मा १६ प्रतिशत जनता भोकमरी को अवस्था बाट गुज्रिरहेको बताउनु भयो ।कार्यक्रम मा बोल्ने बक्ता हरुले स्वस्थ रहन को लागि आधारभुत सरसफाइ, शौचालय प्रयोग गर्ने बानी को बिकाश,साबुन पानी ले हाथ धुने बानी को बिकास गर्नु पर्ने बताएका थिए ।

अन्तर्कृया कार्यक्रम मा गढवा बहुमुखी क्याम्पस का कार्याबाहक अध्यक्ष राम प्रसाद गैरे,गैरसरकारी संस्था महासङ्ह दाङ का अध्यक्ष उमाकन्त पन्त,स्वास्थ्य व्यवस्थापन समितिका सल्लाहकार शंकर पाण्डे ,होटेल व्यबसयि संघ गढवा का अध्यक्ष दयाराम थापा ,वाड न।४ का गुलाम मोहम्मद,नेपाल रेड क्रस गढवा का फिल्ड अधिक्रुत देवि प्याकुरेल लगायत का ले शुभकामना मनतब्य व्यक्त गरेका थिए । गढवा प्राथामिक स्वास्थ्य केन्द्र का कुलराज चौधरी को स्वगात मन्त्व्य बाट शुरु भएको कार्यक्रम को सन्चालन गढवा गाउँ पालिका वाड न। ६ सचिज हिरालाल आचार्य ले गर्नु भएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्