आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइयो ।।



असार ७,दाङ

yoga-day1
आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदैछ । संयुक्त राष्ट्रसंघकै आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको हो । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको जनाएको छ । नेपालमा भृकुटीमण्डप क्षेत्रमा विहान ५ बजेदेखि सामूहिक योग अभ्यास सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले योगको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा योगाभ्यास गर्न समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागि हुनुभएको थियो । नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन विश्व योग दिवस मनाउन लागिएको यस कार्यक्रममा संलग्न संस्थाहरुले जनाएका छन् । ११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्रसंघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्विकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्