गढवा गाँउपालिका को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



सैघाली खबर
गढवा ,२५ चैत
गढवा गाँउपालिका को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  सेवा ग्राही लाई सहज तरीकाले सेवा प्रवाह गर्ने प्रतिवद्धता गढवा गाँउपालिकाको शुक्रवार दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा मा सम्पन्न भएको छ । गाँउपालिकाले यस आ.व.मा गरेका विकाश आयोजना र सेवाग्राहीलाई उपलब्ध गराएको सेवा सुविधा,शिक्षा,स्वास्थ,कृषी,यातायात,वन तथा वातावरण तथा संचार क्षेत्रमा विनीयोजीत तथा खर्च भएको वजेटको बारेमा गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर वली ले जानकारी गराउनु भएको थियो ।

गाँउ पालिकाका अध्यक्ष सहजराम यादव को अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हरुले योजना छनौट गर्दा अबैज्ञानिक तरीकाले योजना छनौट गरीएको,निशुल्क भनिएको विद्यालयमा शूल्क असुलिएको,उपभोक्ता समिती गठन गर्दा राजनैतिक भागवन्डा लगाई गठन गरेको,स्थानिय भाषा तथा संस्कृती लाई प्रोत्साहन न गरिएको,गढवा वजार ब्यवस्थापनमा गा.पा.ले चासो लिनुपर्ने,गढवामा मकै खेती को लागी सुपरजोन कार्यक्रम लागु गर्नुपर्ने आवश्यकता रहेको र गाउपालिका ले संचार निती वनाई कार्यान्वयन गर्ने तथा गाउपालिका वासी लाई दोहोरो कर को भार वाट मुक्त गर्नु पर्ने लगाएतका गुनासो,जिज्ञासा तथा सुझाव राखेक थिए ।

यसरी सअभागी तथा सेवाग्राही वाट आएको जिज्ञासाहरुलाई गढवा गाउ पालिका का अध्यक्ष सहजराम यादव,उपाध्यक्ष शान्ति चौधरी,प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर वली,स्वास्थ्य संयोजक लोकराज पौडेल,कृषी संयोजक प्रविन चौधरी, शिक्षा संयोजक मोहन डागि, पशु संयोजक डिल्ली डागि, वडा नम्बर ६को अध्यक्ष बालचन्द्र हमाल, वडा नम्बर ७ का अध्यक्ष राहुल देव चौधरी, वडा नम्बर ४ का अध्यक्ष गुलाम मोहम्मद लगाएतले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलिले स्थानीय तथा प्रचलित कानुन अनुसार नयाँ संरचना कार्य पद्धतिको बारेमा साझा वुझाइ गराउन आवश्यक रहेको र सेवाग्राहीलाई शासन बाट छुटकारा दिलाइ सेवा ग्राहीको सुझाव काम गर्न सहज हुने वातावरण वनाउने मा गाउँपालीकामा जोड दिनुपर्ने वताउनु भयो ।

गाउँपालीकाले सन्चार नीति बनाउने कार्यन्वन गर्ने स्कुलहरुको अनुगमन गर्ने स्थानीय भाषा तथा संस्कृतीलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्ने कार्यक्रम गर्ने गढवा बजारलाई व्यवस्थित गर्न लगाएको कुरामा प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रम गाउँपालीकाले छानेको कुल ५६८ वटा योजना मध्ये ४५९ योजना सम्झौता भई कार्यनयनको चरणम रहेको र १०९ वटा योजना सम्पन्न भईसकेको जनाएका थियो । आर्थिक बर्ष २०७४र०७५ को गढवा गाउँपालीका को कुल ४० करोड ५५ लाख मध्ये ११ करोड २० लाख खर्च भएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका गुणानिधी शर्मा, सावीक गढवा गा.वि.स का पुर्ब अध्यक्ष भगवती प्रसाद चौधरी, गैर सरकारी सस्था दाङका उपाध्यक्ष उमाकान्त पन्त ,गढवा उधोग वाणिज्य संघ का उपाध्यक्ष खिम वुढा, सस्थापक अध्यक्ष युवराज पोख्रेल,, नेकपा माओवादीका विरबहादुर आले, रेडियो साझा आवाज का दुखहरण यादव, सिपि नेपालकि सरिता चौधरी लगाएतले जिज्ञासा राख्नु भएको थियो।

गढवा गाउँपालीका कि उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण अकोराव प्रदेश नम्बर ५ का संयोजक के.पि घिमिरे नेपाल पत्रकार महासंघ दाङ कि उपाध्यक्ष लिला शाह र पत्रकार शिवराज पन्थीले गर्नु भएको थियो । सार्वजनिक सुन्वाई कार्यक्रम को विषय वस्तु को बारेमा प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलिले जानकारी गराउनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्