नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङमापनि समानान्तर सरकार गठन गरेको छ । सो पार्टीको दाङमा भएको जनप्रतिनिधीसभाको अधिवेसनले गणेश चौधरी प्रमुख रहने गरी १९ सदस्यीय जिल्ला जनपरिषद गठन गरेको हो । त्यस्तै अधिवेशनले ५५ सदस्यीय जनप्रतिनिधि सभा समेत गठन गरेको छ ।
चौधरी प्रमुख रहेको जिल्ला जनपरिषद दाङले जिल्लामा भैरहेका विकास निर्माणका कार्य सुस्त गतिमा भइरहेको प्रति सरोकारवालालाई सचेत गराएको छ । थारुवान स्वायत्त प्रदेश अन्तरगत दाङ जिल्ला जनप्रतिनिधीसभाको दोस्रो अधिवेसन केन्द्रीय परिषदका प्रमुख सन्तोष वुढाको प्रमुख आतिथ्यता तथा जनप्रतिनिधीसभा अध्यक्ष उमा भुजेलको आतिथ्यतामा दाङमा सम्पन्न भेलाले यस्तो सचेत गराएको हो ।
जनपरिषदले सडक तथा पुल निर्माण कार्यमा गुणस्तरहिन समाग्री प्रयोग गरिएको प्रति आपत्ती जनाएको छ । सरकारी कार्यालयमा कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको गुनाशो आएको भन्दै यसमा गम्भीर हुन सचेत गराएको छ ।
स्थानिय सरकारका प्रतिनिधीले चुनाव खर्च असुल्ने निति अनुसार विकास निर्माण कार्यमा आफ्ना मान्छे राखी प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न भएको भन्दै रोक्न कडा चेतावनी समेत दिएको छ । जिल्ला परिषद दाङका प्रमुख गणेश चौधरीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा दाङमा संचालित सिमेन्ट उद्योगहरुले जनतासँग भएका सम्झौता कार्यान्यन नगरी उल्टै जनतालाई दुःख दिने काम भइरहेको भन्दै नसच्चिए उद्योग वन्द गर्न आफुहरु वाध्य हुने चेतावनी दिएको छ ।
किसानले उत्पादन गरेका कृर्षिजन्य समाग्रीको उचित मुल्य प्राप्त गर्नुपर्ने भन्दै खेतियोग्य जमिनमा गरिने प्लटिङ तुरुन्त वन्द गर्न सरकारलाई सचेत गराएको छ । विज्ञप्तीमा माओवादीले मोही किसानलाई जग्गा उपलव्ध गराउनु पर्ने, वैदेशिक रोजगारीका नाममा भएको ठगि वन्द हुनुपर्ने, यातायात क्षेत्रको सेण्डीकेट अन्त्य हुनुपर्ने लगायतको १७ वुंंदे माग गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।