सैघाली खबर
काठमाडौं,२५ चैत
प्रधानमन्त्रीको रुपमा दोस्रो पटक भारतको राजकिय भ्रमणमा जानुभएकाओलीले भ्रमणले भारत र नेपालबीचको सम्बन्धअझ प्रगाढ भएको बताउनुभयो । भारत जानुअघि भ्रमणका अवसरमा संझौताहरुको चाङ लगाउने बिषयआफ्नो प्राथामिकतामानपर्ने बताउनुभएकाओलीले भारतसंँग केही औपचारिक संझौताहरु भने गर्नुभएको छ ।
प्रधानमन्त्रीओलीको भारत भ्रमणको क्रममामोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास तथा वीरगञ्ज मानिर्माण भएको एकीकृत सुरक्षा जाँच चौकीको पनि संयुक्त रुपमाउद्घाटन गरिएको छ । यस्तै भेटका अवसरमा कृषि, रक्सौल – काठमाडौं रेलवे लिंक विस्तार र नेपाल र भारत बीच जलमार्ग विस्तार गर्ने बिषयमा पनि सहमतिभएको छ ।
प्रधानमन्त्रीको सपनाको रुपमा रहेको रेल मार्ग र जलमार्ग विस्तारको बारेमा सहमति भएपनिभ्रमणकै बेलागर्ने भनिएको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास भने स्थगितभएको छ ।बहुप्रतिक्षितअरूण तेस्रो, पञ्चेश्वर परियोजना, माथिल्लो कर्णालीआयोजनाको कामतीव्र रूपमा अघि बढाउने बिषयमा सहमतिभएको छ ।
देश संघीय संरचनामागइसकेपछिको पहिलो प्रधानमन्त्रीको रुपमाचयनहुनुभएकाओलीको यो भारत भ्रमणलाई महत्वका साथ हेरिएको थियो । तर, भ्रमणले सम्बन्ध सुधार गर्ने बाहेककाउत्साहजक संझौताभने नभएको परराष्ट्रविदहरुले विश्लेषण गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।