बुढेसकालमा बुवा आमा नपाल्नेलाई सरकारी सुविधा नदिईने



बुबा आमा नाल्ने छोराछोरीलाई नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा नदिइने भएको छ । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताएका हुन्।

बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिगार्ने क्रियाकलाप गर्नेलाई नगरपालिकाको जन्मदर्ता, सिफारिस लगायत सुविधाबाट वञ्चित गर्ने बताए ।

नगर उपप्रमुख कविता विष्टले महिलालाई समान रुपले व्यवहार गर्दै सभ्य समाज निर्माण गर्न आग्रह गरिन् । नगर प्रमुख बडुवालले जातीय विभेद्, महिला माथिहुने लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि पुरोहित र धामीझाँक्रीको महत्वपूर्ण भूमिका रहेको छ भने ।

महिलासँग उपप्रमुख कार्यक्रमले नगरपालिकाभित्र रहेका महिलालाई उद्यमशील बनाउने, महिला सशक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिकता प्रदान गर्ने, महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहित गर्ने, पहुँच स्थापना, समता÷समानता÷समविकास, सहकार्यात्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख विष्टले जानकारी दिएकी छन् ।

महिलासँग उपप्रमुख कार्यक्रममा सहभागी धामीझाँक्री र पुरोहितलाई छाउपडी प्रथा, लैङ्गिक हिंसा र बाल विवाहमा गर्ने गराउनेलाई कानूनी प्रावधान र सजायका बारेमा सहजीकरण गरिएको बताइएको छ ।

लैङ्गिक हिंसा तथा छाउपडी गोठमुक्त अभियान सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रममा सात बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ । कार्यक्रममा सहभागी धामीझाँक्री र ब्राम्ह्मण महिलाले संयुक्त रुपमा हस्ताक्षर गर्दै प्रतिबद्धता जनाएको नगर प्रमुख बडूवालले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्