सैघाली खबर,
तुलसीपुर २५ चैत ।
तुलसीपुर १८ बिजौरीमा रहेका असहाय वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शनिबार एक कार्यक्रम गरि शैक्षिक सामाग्री वितरण गरिएको हो । अखिल क्रान्तिकारी जनता बिद्यापीठ विजौरीको आयोजनामा असहाय वाल विकास केन्द्र बिजौरीमा बस्दै आएका १३ जना बालबालिकालाई कपी, कलमलगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
अध्यक्ष गणेश चौधरी, केन्द्रीय सदस्य दुर्गा बिक, जिल्ला सहसंयोजक सुवास बस्नेतसहितको टोलीले फलफुल वितरण गरेको हो ।
यस बर्षको नतिजा अनुसार ती बालबालिकाले उत्कृष्ठ नतिजा ल्याउन सफल भएको भन्दै उनीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताए । ती बालबालिकाहरु भबिष्यका कर्णधार हुन सक्ने भन्दै उनीहरुलाई अहिले सबैले साथ, सहयोग गर्नुपर्ने अध्यक्ष चौधरीले बताए ।
साथै त्यस अबशरमा असहाय बाल बिकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीले बालबालिकालाई सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरे । यस्तै संघसंस्थाहरुको सहयोगले नै सामाजिक कार्यलाई अगाडि बढाउन प्ररणा मिलेको उनले बताए । संस्थाले अहिले दाङ,रुकुम, रोल्पालगायतका १३ जना बालबालिका बस्दै आएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।