तेक्वान्दो टोली दक्षिण कोरिया जाँदै ।।



असार ७,

aaaa11112

तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली आज दक्षिण कोरिया प्रस्थान गर्दैछ । पहिलो चरणमा नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । त्यसपछि विश्व च्याम्पियनसिपमै सहभागी टोलीले असार १८ देखि २३ गतेसम्म छुनचियोनमा हुने छुनचियोन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् । छुनचियोनमै हुने तेश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाउने कार्यक्रम छ । असार १७ मा हुने त्यो प्रतियोगिताका लागि ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्