सैघाली खबर,
बझाङ, चैत २५ – शनिबार बेलुका बझाङबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ३१२७ नम्बरको बसमा चेक चाँज गर्दा ११ किलो लागुऔषध चरेश फेला परेको छ ।
चरेशसहित मष्टा गाउँपालिका १ का ५० वर्षीय दलबहादुर रोकाया र बसका चालक, सवारी धनी र सहचालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
अस्थाई प्रहरी पोष्ट झोताले बस चेक जाँच गर्ने क्रममा बसको पछाडिको डिक्की भित्र मकै र कोदोको बोरा भित्र लुकाई छिपाई चरेश धनगढीतर्फ लैजाँदै गर्दा फेला पारेको डीएसपी कँडेलले बताउनुभयो ।
चरेससँगै बससमेत प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।