नेवार सेवा समिति घोराहीको अध्यक्षमा श्रेष्ठ



सैघाली खबर,
दाङ २५ चैत्र।

 

नेवार समुदायको एक मात्र संस्था नेवा देय दबू नेवार सेवा समिति घोराहीको आज सम्पन्न आठौं अधिवेशनले ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा रमेशकमार राजभण्डारी र साया श्रेष्ठ, सचिवमा प्रमोद राजभण्डारी, सहसचिवमा इन्द्र बहादुर श्रेष्ठ र कोषाध्यक्षमा टिका श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै नवगठित कार्यसमितीका अन्य सदस्यहरुमा सुदिपकुमार श्रेष्ठ, शिबा श्रेष्ठ, भवानी राजभण्डारी, राजिव शिल्पकार, फत्तेप्रचण्ड श्रेष्ठ र लेखराज श्रेष्ठलाई चयन गरिएको छ ।

नेवार सेवा समिती घोराहीको आज सम्पन्न अधिवेशनमा बोल्दै वर्तमान अध्यक्ष ध्रुवकुमार श्रेष्ठले नेवार समुदायको हक हितका सवालमा, समुदायको चौतर्फी विकासका लागि आफू र आफ्नो कार्यसमिती दत्तचित्त भई लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेवार सेवा समिती घोराही तदर्थ समितीका अध्यक्ष मदनकुमार श्रेष्ठको अध्यक्षता र निवर्तमान अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष दिपककुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै वर्तमान अध्यक्ष श्रेष्ठले समितीको आजीवन सदस्यताका लागि पहल गर्न पहिले आफूले लिने दाबि गर्नुभयो । साथै उहाँले घोराही उमनपा १५ काठेकोल स्थित भिमसेन मन्दिरमा धातुबाट निर्मित भिमसेन देवताको मूर्ति प्रतिस्थापन गर्ने घोषणा गर्नुभएको थियो ।

नेवाः मिसा दबूका मंगला श्रेष्ठको स्वागत मन्तव्यबाट शुरुभएको सो अधिवेशन उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् प्रमुख जिल्ला अधिकारीले गजेन्द्र बहादुर श्रेष्ठले नेवार समुदायको हरेक असल क्रियाकलाप तथा विभिन्न विकासे गतिविधीमा आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताउनु भएको छ । त्यसै गरी उहाँले दङ्गाली नेवारहरुले आफ्नो समुदायको मात्र नभई क्षेत्रको पहिचान गराउने सवालमा खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै नेवार सेवा समितीको उच्च प्रशंसा गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम् घोराही समितीका निवर्तमान अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष दिपक कुमार श्रेष्ठले केन्द्र स्तर देखि जिल्ला र जिल्ला देखि गाउँ, शहर, टोल टोलमा नेवार समुदायको बलियो उपस्थिती रहेको बताउनुभयो । सबैले आआफ्नो तह र तप्काबाट समुदायको पहिचान र बर्चस्व कायम राख्न खेलेको भूमिकाप्रति कुनै दुई मत नरहेको भन्दै उहाँले आफ्नो समुदायको रीति रिवाज र परम्पराको मूल मर्मलाई कसैले बिर्सन नहुने बताउनुभएको भएको थियो । नेवार समुदायको भाषा, संस्कृती, कला साहित्य, परम्परा नेपालमा मात्र नभई अन्तराष्टिय स्तरमै उत्कृष्ट रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले आफ्नो जातिय सम्पत्तिको संरक्षण र सम्बद्र्धनमा जोड दिन आग्रह गर्नुभएको थियो । सो अवसरमा जेष्ठ नागरिक घोराही उमनपा १६ निवासी गोकुली श्रेष्ठ सहित नेवार समुदायको मान प्रतिष्ठा बढ्ने गरी विभिन्न सामाजिक, धार्मिक, सांस्कृतिक, खेलकुद तथा राजनैतिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका दर्जनौ व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेवाः देय दबूका जिल्ला अध्यक्ष नारायण प्रसाद श्रेष्ठ, नेवार सेवा समिती घोराहीका सल्लाहकार एवम् संगीतकार मथुरा प्रसाद श्रेष्ठ, संस्थागत उपाध्यक्ष केदारराज श्रेष्ठ, नेवार सेवा समिती लमहीका दिलकुमार श्रेष्ठ, तुलसीपुरका अनुपकुमार श्रेष्ठ, युवा नेता विवेक श्रेष्ठ, नेवाः मिस दबूः घोराहीका संयोजक भवानी राजभण्डारी, सम्मानित व्यक्ति एवम् प्राकृतिक चिकित्सक डा। अरुण कुमार श्रेष्ठ, निर्वाचन अधिकृत कुमारराज श्रेष्ठ लगायतले आ – आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रममा तदर्थ समितीका कोषाध्यक्ष टिका श्रेष्ठले आर्थिक प्रतिवेदन तथा सचिव नवराज श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्