सकसमा दुर्गमका सरकारी अस्पताल



मनिसा राई,
चैत्र २५ रोल्पा।
सदरमुकाम लिवाङ बाट २८ कोश टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकिमा आधारभुत आबस्यकताका सामग्री समेत छैनन् ।
सरकारले बर्थिङ सेन्टर समेत स्वीकृती दिएर संचालनमा आए पनि सुत्केरी हुन आउने दर न्यून रहेको छ । दैनिक मुस्किलले १२ ,१५ जना बिरामी आउने गर्दछन् ।

अनमी ईन्द्रा बुढाथोकीले सुत्केरी सेवाका लागि चाहिने औषधि नभएको गुनासो गर्दै अत्यावश्यक मेर्थारजिन, क्याथेटर, क्याट क्ल्याम, क्याल्सीयम ग्लुकोनेट जस्ता औषधिको सधै अभाव भएको बताउनुभयो ।

त्यसो त त्यहाँको स्वास्थ्य संस्थामा प्राय एन्टीबायोटिक त हुँदैन नै बच्चाका लागि आवश्यक औषधि अभाव सधै रहन्छ । भौगोलिक विकटता र अभावका कारण स्वास्थ्य संस्थामा बिरामी त कमी नै आउँछन् भने सुत्केरी हुन आउनेको संख्या पनि कम छ ।अर्का अनमी सिता सुबेदीले गत साल एक वर्षमा २८ जनाले स्वास्थ्य चौकीमा सुत्केरी गराएको जानकारी दिनुभयो ।

साथै उहाले भौगोलिक विकटता, लाज र जनचेतना पर्याप्त नहुँदा सुत्केरी हुन स्वास्थ्य संस्था आउनेहरूको संख्या कम भएको बताउनुभयो ।ौतिक सुविधा कमजोर भएका कारण त्यहाँका स्वास्थ्यकर्मीलाई सेवा दिन सकस पर्ने गरेको छ । सामान्य कुर्सी,बेन्च टेबुल समेतको अभावमा बिरामीलाई भुँईमै राखेर घाउ सफा गर्नुको विकल्प छैन ।

ढुङ्गाले खुट्टा काटेर उपचारका लागि आएका ६२ वर्षिय बेलमन घर्तीको घाउ सफा गर्दै अनमी बुढाथोकीले बताउनुभयो । ता सुनछहरी गाउँपालिकाका प्रमुख आसबहादुर पुनले भने समस्या रहेको स्वीकार गर्दै सुधार हुँदै गएको बताउनुभयो । उहाले स्वास्थ्य संस्था ईन्चार्जले पनि कोर्डिनेसन नगरेको बताउदै भौतिकको सवालमा पनि नयाँ भवन बन्दै गरेको जानकार दिनुभयो । फर्निचरको पनि छिटै व्यवस्था हुने उहाको भनाई छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्