७ दिने मन्टेश्वरी विधि र वालमैत्री सम्वन्धि तालिम सम्पन्न



सैघाली खबर,
घोराही २५ चैत्र।
घोराही ७ सौडियारमा शहरकै सुविधा दिने गरी नयाँ शैक्षिक शत्र २०७५ देखी मन्टेश्वरी विधिवाट पठनपाठन सञ्चालन गर्ने तयारीमा रहेको न्यु मोर्डन एकेडेमिको आयोजनामा सञ्चालित ७ दिने मन्टेश्वरी विधि र वालमैत्री सम्वन्धि तालिम सम्पन्न भएको छ । आइतवार एक औपचारीक कार्यक्रमको आयोजना गरेर तालिमको समापन गरीएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष रविन घिमिरेको अध्यक्षता एंव घोराही ७ का वडा सचिव चन्द्रबहादुर केसिको प्रमुख आतिथ्यता तथा गुरुकुल एकेडेमि घोराहीका प्रधानाध्यापक टिकाजङ्ग विकको विशिष्ट आतिथ्यतामा तालिम समापन भएको हो ।

तालिम समापन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा सचिव केसिले बजारकै सुविधा दिने गरी सौडियारमा मन्टेश्वरी विधिवाट पठनपाठन सञ्चालन गर्नेमा पहीलो विद्यालय भएको भन्दै यो विद्यालयले नयाँ शैक्षिक यात्राको अध्याय सुरुवात गरेको बताउनु भयो ।

खेल्दै पढ्दै गर्ने विधिकोरुपमा चिनिएको मन्टेश्वरी विधि वालवालिकाको पढाइका लागि अत्यन्त उपयुक्त रहेको भन्दै राम्रो संस्कार र ब्यवहारसहीतको शिक्षा वालवालिकालाई सानैदेखी दिन सकेमा यसले भविष्यमा सकारात्मक परीणाम निकाल्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गुरुकुल एकेडेमि घोराहीका प्रधानाध्यापक विकले मन्टेश्वरी विधीवाट विद्यालयको सानो कक्षा देखी पठनपाठन गराउदा वालवालिकालाई राम्रो र संस्कारीक बनाउन सकिने भन्दै न्यु मोर्डन एकेडेमिले यसलाई आत्मसात गरेर ब्यवहारमा लागु गर्ने बताउनु भयो । आफ्नो १६ वर्षे शैक्षिक अनुभव सुनाउदै उहाले अहिलेको शिक्षा राम्रो र ब्यावहारीक हुनुपर्ने भन्दै अभिभावकले आफ्नो वाल वच्चाकोे शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना भएको उहाको भनाई थियो ।

सौडियारको नमुना विद्यालयकोरुपमा उक्त विद्यालय स्थापित गर्न आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै आगामि दिनमा सहकार्य गर्न तयार रहेको विकले बताउनु भयो ।

विद्यालयले विद्यालय सञ्चालक समितिका अध्यक्ष घिमिरेले प्ले गु्रपदेखी कक्षा २ सम्म नयाँ भर्ना हुने विद्यार्थिलाई खाजा र ड्रेस फ्री रहेको बताउनु भयो । उहाले विद्यालयमा भर्ना हुन आउने विद्यार्थिको सख्या, अभीभावकको चासो अत्यन्तै सकारात्मक रहेको बताउनु भएको थियो ।

सो अवसरमा मावि सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, सौडियार स्वास्थ्य चौकीका सिअहेव गोपिलाल वलि, सहभागिकोतर्फवाट प्रभा वोहरा, गोमा वलि, शिला चौधरी, विपसा भण्डारी लगायतकाले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार निशानदाजु भट्टराइले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्