सैघाली खबर
दाङ,२५ चैत्र । नेपाल कपडा तथा सिलाई व्यवासायी संघद्धारा सहयोग प्रदान गरेको छ । संघले घोराही स्थित आकाश टेलर्सका प्रो.पराईटर शिवलाल जि.सी.लाई सहयोग प्रदान गरेको हो । गत चैत्र २० गते राती अज्ञात समुहले पसलमा चोरी गरेपछि राहत स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको हो । संघमा आबद्ध सदस्यहरुले रकम उठाएर जिसीलाई सहयोग प्रदान गएिको थियो ।
नेपाल कपडा तथा सिलाई व्यवासायी संघ घोराही नगर कमिटीका अध्यक्ष ईन्द्रपाल जि.एम, जिल्ला अध्यक्ष चुर्ण परियार र दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिह बुढाथोकीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
राहत हस्तान्तरण गर्दै बुढाथोकीले व्यावसायीक एकताले मात्र व्यवसाय संचालनमा सहज हुने वताउँनुभयो । संघका अध्यक्ष ईन्द«पाल जि.एम.को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिलिप परियारले गर्नु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।