१३ बर्षअघि मारिएका सहिदको सम्झना



सैघाली खबर
दाङ, २५ चैत्र ।नेकपा माओवादी केन्द्रले शहिदहरुको स्मृतिमा घोराही उप–महानगरपालिका–१७ गैरागाउँमा श्रद्धाञ्जली सभा गरेको छ ।१३ वर्ष अघि नेपाली सेनाले घरमा बसिरहेका राहुल चौधरी, विजय चौधरी र श्याम चौधरीलाई गिरफ्तार गरेर हत्या गरेको थियो ।
30126111_1908479119162087_409294697_o
श्रद्धाञ्जलीसभामा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवं दाङ जिल्ला सह–इञ्चार्ज निर्मल आचार्य ‘विमल’ ले शहिदका सपना पूरा गर्न आँफूहरु प्रतिवद्ध भएका बताउनुभयो । उहाँले हजारौं शहिदहरुको बलिदानले नेपालमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै शहिदलाई राज्यले उचित सम्मान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘अब हामी नयाँ ढंगले अघि बढ्न खोजेका छौं, नेपालमा ठूला कम्युनिष्टहरु मिलेर समजावादको बाटोमा अघि बढ्न खोजेका छौं,’ आचार्यले भन्नुभयो– ‘अब मुलुक समृद्धिको दिशामा अघि बढ्छ ।’ कार्यक्रममा १७ नं वडा अध्यक्ष खुशिराम चौधरीले वडामा शहिद पार्क बनाउन पहल गरिने जानकारी दिनुभयो ।

जनयुद्धको समयमा दाङमा मात्रै कुल ४ सय १२ जना शहिद भएको माओवादी केन्द्रले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्