वर्षको उत्कृष्ट सङ्गीतकारको रुपमा पुरस्कृत :सन्तोष श्रेष्ठ



सैघाली खबर
काठमाडौं,२६ चैत

रेडियो नेपालले आफ्नो ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता( २०७४ मा लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठ सर्वोत्कृष्ट सङ्गीतकार हुनुभएको छ ।
र्
। सन्तोष श्रेष्ठले उत्कृष्ट सङ्गीतकार प्राप्त गरेको गीतमा गीतकार नृपध्वज खड्काको रचनालाई विजय परियारले गाउनुभएको थियो । उक्त प्रतियोगीतामा गायनतर्फ भने गायक सिडी विजय अधिकारी उत्कृष्ठ ठहरिनुभएको हो । अधिकारी प्रतियोगीतामा प्रथम हुँदा योगेन्द्र उपाध्याय द्वितीय र मेलिना फुयाँलले तृतीय स्थान हासिल गर्नुभएको हो । गीत लेखनमा गीतकार पद्मा लिंखा मगर उत्कृष्ट हुनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्