माओवादीले रोल्पाका सबै स्थानीय तह जित्छ अनन्त



रोल्पा, असार ७  । स्थानीय तहको निर्वाचनमा मतदानको मिति नजिकिदै गर्दा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु रोल्पाका गाउँगाउँमा पुगेर पार्टीका उम्मेदवारलाई मत मागिरहेका छन् ।

माओवादी केन्द्रका कार्यालय सदस्य एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, कार्यालय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त, कार्यालय सदस्यहरु कुलप्रसाद केसी सोनाम, जयपुरी घर्तीलगातका नेताहरु रोल्पाका विभिन्न गाउँगाउँमा पुग्नु भएको छ । माओवादी केन्द्रले रोल्पाका १० वटै पालिकामा जित हाँसिल गर्ने योजना बनाएको छ । रोल्पामा एक नगरपालिका र नौ गाउँपालिका छन् । माओवादीका नेताहरुले अधिकांश स्थानमा सहजै र केहीं स्थानमा प्रतिस्पर्धाकाबीचबाट जित हाँसिल गर्ने दावि गरेका छन् ।
barsaman pun
उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेता महरा सुनछहरी नगरपालिकाको पोबाङमा आयोजित चुनावी सभाको सम्बोधन, सुवर्णावती र लुंग्री गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई संबोधन गरेर प्यूठान लाग्नु भएको छ । उहाँले सुलीचौर थबाङ सडकको बहुचर्चित खण्ड सिरक्याङ भीरमा नेपाली सेनाले खोलेको ट्रयाकको अवलोकनसमेत गर्नु भएको थियो ।
माओवादी केन्द्रका अर्का प्रभावशाली नेता वर्षमान पुन अनन्त मनोनयन दर्तादेखि रोल्पामै रहनु भएको छ । रोल्पा नगरपालिकाको लिबाङ, माडी गाउँपालिकाको घर्तिगाउँ, सुनछहरी गाउँपालिकाको पोबाङ, रोल्पा नगरपालिकाकै कोटगाउँ, त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा चुनावी सभा र सुवर्णावती र लुंग्री गाउँपालिकाको अगुवा कार्यकर्ता भेटघाटलाई संबोधन गरेका छन् । उनले साना ठूला भेटघाट गर्दै पार्टीका उम्मेदवारलाई भोट मागिरहेका छन् । उनी आज रुन्टीगढी गाउँपालिकाको चुनावी सभालाई संबोधन गरेर दाङ झर्दैछन् ।

अर्का युवा नेता कुलप्रसाद केसी सोनाम रुन्टीगढी गाउँपालिकाको होलेरी, त्रिवेणी गाउँपालिकाको जुँगारलगायतको चुनावी सभालाई संबोधन गरेका छन् । अर्का कार्यालय सदस्य जयपुरी घर्तीले दुईखोली गाउँपालिकाको दुईखोली, पोलिट्व्यूरो सदस्य झक्कु सुबेदीले थबाङ गाउँपालिकाको थबाङ, पोलिट्व्यूरो सदस्य जोखबहादुर महराले सुवर्णावती गाउँपालिकाको सुलीचौर र लुंग्री गाउँपालिकाको बडाचौर, पोलिट्व्यूरो सदस्य दीपेन्द्र पुन सिजलले सुकीदह गाउँपालिकाको जिनाबाङ, मानबहादुर बुढा विकल्पले सुनछहरी गाउँपालिकाको पोबाङको चुनावी सभालाई संबोधन गरिसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्