भारत भ्रमण साकारात्मक रहेको कांग्रेसको टिप्पणी



सैघाली खबर,
काठमाण्डौं,२६ चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वागत योग्य रहेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सद्भावपुर्ण भनिएको भ्रमण स्वागत योग्य रहेको बताउनुभयो ।

उहाँले पञ्चेश्वर आयोजना, भारतसँगको व्यापारघाटा लगायतका विषयमा भारतीय नेतृत्वसँग कुराकानी नहुनु भने चिन्ताको विषय भएको बताउनुभयो ।

भारतले नेपालको विषयमा खुलेर प्रसंसा गर्नु र नेपालको हितका विषयमा छलफल हुनु साकारात्मक भएको शर्माको टिप्पणी छ । आउने बैठकमाहरुमा कांग्रेसले औपचारीक रुपमा समेत प्रधानमन्त्रीको भ्रमणका विषयमा छलफल गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्