सूर्य चिन्ह मानेर पार्टी एकता हुँदैनः दाहाल



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसित पार्टी एकिकरण भएपछि एकीकृत पार्टीको सूर्य चिह्नमा सहमति हुन नसक्ने बताएका छन । अध्यक्ष दहालले सूर्यभित्र हँसिया हथौडा भने मान्य हुने बताएका छन ।

प्राविधिक रूपमा गरिने एकता ठूलो विषय नभएको भन्दै विचार, राजनीति र दर्शनको एकता हुनुपर्नेमा उनको जोड छ । पेरिसडाँमा पत्रकारहरुसितको भेटघाटमा उनले यस्तो बताएका हुन ।
‘सूर्य चिह्नमा सहमति त एउटा पार्टी अर्को पार्टीमा प्रवेश जस्तो हुन्छ, दहालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘विगतमा एमालेले पनि सूर्यभित्र हँसिया हथौडा राखेकै हो, झन्डाहरूमा सूर्यभित्र हँसिया हथौडा राखेर प्रयोग पनि गरेकै हुन्, त्यसैले उहाँहरूले सूर्यभित्र हँसिया हथौडा राख्ने विषयमा असहमति जनाउनुहुन्छ जस्तो लाग्दैन, अब चाँडै नै एकताको खाकामा अन्तिम सहमति हुन्छ ।

दाहालले को ठूलो, को सानो दल भन्ने विषय इतिहासका कालखण्डमा फरक-फरक भएको भन्दै ५०–५० कै अनुपातमा अहिले एकता हुनुपर्नेमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली शर्मापनि सकरात्मक रहेको समेत उनले बताएका थिए ।
दाहालले जनयुद्धको विषयमा भने कुरा मिलिसकेको बताएका छन् । जनयुद्ध र जनक्रान्तिलाई सँगै उल्लेख गरेर जान एमाले सहमत भएको उनले जानकारी दिएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्