प्रहरी भित्र गुटबन्दी गरे कारबाही हुन्छ गृहमन्त्री शर्मा



भरतपुर  असार ७, २०७४ गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई अनुशासित र मर्यादित बनाउनु पर्ने स्पष्ट पार्दै संगठनभित्र गुट उपगुट, गरे  कारबाही गर्ने चेतावनी दिनु  भएको छ  ।जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा बुधबार प्रहरी सहायक निरीक्षकको आधारभूत तालिमको १७३औं दीक्षान्त समारोहमा बोल्दै मन्त्री शर्माले प्रहरी संगठनभित्र गुट(उपगुटसहितको राजनीति राम्रो नहुने बताउनुभयो ।  । मन्त्री शर्माले कर्तव्य पालनाका क्रममा प्रहरी महानिरीक्षक र प्रहरी जवानको उद्देश्य एउटै रहेको बतानुभयो ।

Janardadan

मानवअधिकारको रक्षा र निष्ठापूर्वक काम गर्न उनले दीक्षित प्रहरी सहायक अधिकृतहरुलाई निर्देशन दिनुभयो । उहाँले सिपाहीदेखि प्रहरी महानिरीक्षक सबै चेन अफ कमाण्डबाट प्रहरी संगठन सञ्चालन गर्नुपर्ने बताउनुभयो  । तालिममा सहभागी १ सय ५० जना प्रहरीले प्रहरी सहायक निरीक्षकको तालिम पूरा गरी कार्य क्षेत्रमा प्रवेश गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी सदैव राष्ट्र र जनताको सेवामा समर्पित रहेको बतानुभयो ।

दिक्षान्त समारोहपछि प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले टिकापुर घटनाका बारेमा पीडितलाई न्याय दिलाउन सरकार कटिबद्ध रहेको बतानुभयो ।  उक्त घटनाका योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले ठूलो रकम दिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री शर्माले घुमाउरो पाराले टिकापुर घटनामा कसैलाई अन्याय नुहने औल्यानुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्