जनक नेपाली
दाङ, चैत्र २६ । तुलसीपुर उपमहानगर पालिका – ६ नयाँ बस्ती निवासी पवित्रा नेपाली हिजोआज धेरैजस्तो मादल बनाउन व्यस्त देखिनुहुन्छ । श्रीमान्ले छाडेपछि बेसहारा बनेकी पवित्रा आमाबा ले सिकाएको मादल बनाउने पेसा अङ्गालेर जिविका चलाउँदै आउनुभएको हो ।
बिहान उठेदेखि राति अबेरसम्म मादल बनाउन व्यस्त रहने पवित्रा मादल बेचेरै छोराछोरीको पालनपोषणदेखि शिक्षादिक्षाको सम्पूर्ण जोहो गर्दै आउनुभएको छ । श्रीमानले दोश्रो बिवाह गरेर गएपछि पवित्रा अहिले माइतीकै घरमा बस्दै आउनुभएको छ । आफ्नो नामसमेत लेख्न नजान्ने पवित्रा अहिले गाउँघरमा घर बनाउने कामसमेत गर्दै आउनुभएको छ । गाउँका अरु पुरुषसरह काम गर्ने पवित्रा पछिल्ला केही बर्षदेखि घर बनाउने ठेक्कापट्टाको कामसमेत गर्दै आएको उहाँको भनाई छ ।
फोटो फाईल
आमाबाले सानै उमेरमा विवाह गरिदिएपछि श्रीमानसँग बसेकी पवित्रा छोरा जन्मेपछि श्रीमानले जाँडरक्सी खाएर कुट्न थालेपछि आफु माइत आई बसेको उहाँको भनाई छ । आमाबाले सिकाएको मादल बनाउने पेसाले आफु छोरा र आमाबाको खर्च धान्न सहयोग पु¥याएको बताउनुभयो । दैनिक तीन÷चारवटा मादल बनाउने बताउँदै उहाँले त्यसबाट मासिक १०/१५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको पवित्राको भनाई छ । पहिले म आफै पनि घर बनाउँछु काम दिनुस् भन्दा काम विश्वास नगर्ने मान्छेहरु आजभोलि उनीहरुकै घर बनाउँदा दङ्ग पर्ने गरेको पवित्राले बताउनुभयो ।
कयौ दिन भोक भोकै सुतेको अनुभव सुनाउँदै उहाँले जीवनमा धेरै दुःख कष्ट खेप्दै आएको बताउनुभयो । एक छाक मिठो मसिनो खान र एकसरो गतिलो लाउन पनि चाडपर्व नै पर्खनुपर्ने बताउँदै पवित्राले त्यस्ता दिन कहिले नआऊन् भन्दै गहभरि आँसु झार्नुभयो । अर्काको काम गरेर जीवन बित्न थालेको भन्दै कहिले सुखको सास फेर्ने नपाउने भए पवित्राले भन्नुभयो । जहाँ पातलो त्यही प्वाल पर्छ भन्ने उखानजस्तै अहिले आफुलाई दैवले पनि ठगेको पवित्राको भनाई छ ।
घर खर्च कसरी चलाउ भन्ने बेला फेरि छोरा मृगौलाको बिरामी परेको बताउनुभयो । पाँच बर्षको छोरा मृगौलाको बिरामी हुँदा अहिले समस्याका परेको पवित्राको भनाई छ । पैसा नहुँदा छोरालाई अहिले उपचार गराउन नसकेको भनाई छ। छोरालाई सामान्य चेकजाँच मात्र गराएको भन्दै त्यसबाहेक अरु केही गर्ने नसकेको पवित्राको भनाई छ ।
छोराको उपचार गर्न थुप्रै रुपैया आबश्यक पर्ने बताउँदै त्यति ठूलो रकम जुटाउन नसक्दा आफु चुपचाप बस्ने बाहेक अरु कुनै विकल्प आफुसँग नभएको पवित्राले बताउनुभयो । छोरा भगवानको भरोसामा बाँचेको भन्दै त्यसका लागि आफुले केही गर्ने नसक्ने उहाँको भनाई छ । छोराको उपचारका लागि सहयोग गरिदिन उहाँले सबैसँग आग्रह गर्नुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।