नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतले सरकार ढालिदिने डरले प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको आरोप लगाएका छन् ।
बिजेक्छेले ओलीले भारतविरुद्ध दिएका अभिव्यक्ति चुनाब जित्ने अभिव्यक्ति मात्र भएको भन्दै जनतालाई मुर्ख बनाउन अरुलाई लम्पसारवादी भनेको बरु ओली आफै लम्पसारवादीको विजुक्छेले ठोकुवा समेत गरे । एक चर्चित मिडियालाई अन्तरवार्ता दिँदै उनले यस्तो ठोकुवा गरेका हुन् ।
उनी भन्छन्, “नेपाल मेरो संरक्षणमा छ नेपालका हरेक नयाँ प्रधानमन्त्री मेरो सेवामा हाजिर हुन भारत आउनुपर्छ भन्ने भारत सम्झिन्छ “।
एक प्रसंगमा उनले स्वाभिमान र राष्ट्रियताको कुरा ओलीले मुखले मात्रै भन्ने गरेका र नेपालका बुद्धिजिवीहरु सोझा जनता झुक्याउने खालका भएको भन्दै जनताले राम्रा नेता छान्न नसकेकोमा चिन्ता ब्यक्त गरेका छन् ।
नेपाल भारतसँग रेल र जलमार्फत जोडिने कुरा पंचायतकालमै भएकोले ओलीले नयाँ कुरा केहिपनी नगरेको विजुक्छेको जिकिर छ ।
अर्को एक प्रशंगमा उनले प्रचण्डले भारतले जे भन्यो त्यहि कुरा मान्ने भन्दै उसकै निर्देशनमा माओवादीले ओलीलाई सरकारमा सहयोग गरेको दावी समेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।