सलमान खानसँगै को-को अाउँदैंछन् काठमाडौं ?



सैघाली खबर,
काठमाडौं । बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख ९जेठ १२० मा सलमानको दबङ टूर नामक काठमाडौ‌ंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ । खान आउने कार्यक्रम गत फागुनमा स्थगित भएको थियो ।

सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत पत्रमा उल्लेख छ ।

काठमाडौंको टुाडिखेलमा गत फागुन २६ मा आयोजना गर्ने भनिएको दबङ टुर नामक उक्त कार्यक्रम विप्लव समूहको धम्कीलाई देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।

कालो हरिण शिकार अभियोगमा सलमान धरौटीमा रिहा भएलगत्तै उनको कार्यक्रम तय भएको छ । गत बिहीबार अभिनेता खानलाई जोधपुर अदालतले १० हजार जरिवानासहित ५ वर्ष जेल सजाय सुनाएको थियो । शनिबार उनी २५ हजार धरौटीमा रिहा भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्