जेसिज सक्षम नेतृत्व उत्पादन गर्ने कारखाना हो -बस्याल



 

तुलसीपुर २७ चैत ।

जेसिजका केन्द्रीय अध्यक्ष श्रीधर बस्यालले जेसिज नेतृत्वकर्ता उत्पादन गर्ने कारखाना भएको बताएका छन् । रिपोर्टस् क्लब दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उनले जेसिजले हजारौं नेतृत्वकर्ता उत्पादन गरेर समाजलाई हस्तान्तरण गरिसकेको समेत बताए ।

‘जेसिज युवाहरु संस्था हो’ उनले भने‘ जेसिजले धेरै युवाहरुलाई नेतृत्वकर्ता उत्पादन गरी समाजलाई हस्तान्तरण गर्ने गरेको छ । धेरै युवाहरु भौतारिएर हिडेरहेको भन्दै उनले त्यस्ता युवाहरुलाई सकारात्मक बाटोमा डो¥याउन समेत जेसिजले महत्वपूर्ण भूमिका निर्बाह गरेको उनले बताए । उनले समाजलाई सकारात्मक दिशामा अगाडि लैजान पनि जेसिजले महत्वपूर्ण भूमिका निर्बाह गर्ने गरेको बताए । ‘समाजका नराम्रा क्रियाकलापलाई निरुतसहाहित गरी सकारात्मक कामको शुरुवात गरेको छ’ उनले भने ‘ यसले समाजलाई सकारात्मक कार्यमा अगाडि डो¥याएको छ ।

रिपोर्ट्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले जेसिज सबै बर्ग समुदायको संस्था भएको समेत बताए । ‘ अहिले देशभरीनै धनीको संस्था हो भनी गलत प्रचार हुने गरेका छन्’ उनले भन्े ‘ जेसिजमा सबै बर्गसमुदायमा आबद्ध छन् । ’ साथै उनले जेसिज नाफामुखी नभई सेवामुखी संस्था भएको समेत उनले बताए । जेसिजले नेतृत्व विकाससंगै सहज जीवन यापन गर्ने कला सिकाउने समेत बताए । कार्यक्रमको सहजीकरण तुलसीपुर जेसिजका महासचिब नारायण भट्टराईले गरेका थिए ।

यसैबीच अध्यक्ष बस्याल तुलसीपुरमा जारी सरसफाई अभियानमा सहभागि भएका थिए । उनले बजार स्वच्छ र हरियाली बनाउन थालिएको सकारात्मक अभियानलाई निरन्तरता दिनुपर्ने समेत बताए ।

 

((

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्