स्थानीय तहमा कृषि प्राविधिक र प्रविधिकोे अभाव



गिरिराज नेपाली
घोराही , २७ चैत । राज्य पुर्नसंरचना संगै स्थानीय तहमा संयोजन भएका कृषि सेवा प्राविधिक सेवाको सकसमा परेको छ । कृषि विकासका लागि नीति कार्यक्रम वजेट एवं योजनाहरु निर्माण गरिएपनि प्राविधिक र प्रविधिको सकस छ । जसका कारण किसानहरुले प्राविधिक सेवा पाउन सकेका छैनन ।

घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख भरतमणि पोख्रेलले कृषिशाखामा कर्मचारीको अभाव संगै प्राविधिक सेवाको विस्तार गर्न नसकिएको बताउनुभयो । जनशक्ति व्यवस्थापनको अभावका कारण स्थानीय तहमा कृषि प्राविधिक र प्रविधिको सकस परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘माटो परिक्षण र कृषि सम्वन्धी ज्ञान किसानलाई दिन सकिएको छैन ।

’ बजेट नीति कार्यक्रम पुरानै ढाचाँमा गरिए पनि कर्मचारी विकेन्द्रीकरण गर्दा जिल्लाभरका दश तहमा प्राविधिक कर्मचारी पाउन नसक्दा स्थानीय तहमा प्राविधिक सेवा र प्रविधि सेवाको विकास गर्न नसकिएको उहाँको भनाई छ । घोराही उपमहानगरपालिकाले उपमहानगरका १९ वटा वडाका विभिन्न क्षेत्रहरुमा तरकारी वाली , महुरीपालन , च्याउखेती , धानवाली मत्स्यपालन र मकै बिउ उत्पादन क्षेत्रका २८ वटा पकेट क्षेत्र निर्धारण गरी कृषि विकासका गतिविधि सञ्चालन गरे पनि जसका लागि प्राविधिक र प्रविधिको अभाव रहेको जानकारी दिनुभयो । जसका लागि दुई करोड २० लाख , १५ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।

पोख्रेलले उपमहानगरपालिका वाट भइरहेका कृषि सेवाका काम सन्तोषजनक रहे पनि प्राविधिक कठिनाइले केही अप्ठ्यारो परेको उहाँको भनाई छ । जसका लागि जनशक्ति व्यवस्थापनको निकै खाँचो रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कृषि शाखामा जनशक्ति अभाव हुदा नियमनको बाटो पनि केही अन्यौल देखिएको छ । ’ तर जसोतसो व्यवस्थापन भईरहेको छ । त्यस्तै उपमहानगरपालिकाले नगर क्षेत्रको कृषि विकासका लागि आयोजना छनौट समिति मार्फत सम्भाव्यताको अध्ययन गर्दै योजना छनौटको काम अघि बढाईरहेका पनि जानकारी दिनुभयो । अनुदान कार्यक्रममा निरन्तर गर्दै आईरहेको उहाँले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दीपक कुमार शर्माले स्थानीय तहको चाँसो प्रशासनिक संरचना र भौतिक विकासमा मात्रै परिरहेकाले कृषि क्षेत्र ओझेलमा परेको बताउनुभयो । स्थानीय तहको गठन संगै कृषि सेवा सुचारु भए पनि स्थानीय तहमा हाल सम्म पनि पर्याप्त प्राविधिक र प्रविधिको विकास हुन नसक्दा किसानहरु घुम्दै कार्यालयमा प्राविधिक सेवा सल्लाह लिन आउनु परेको उहाँले बताउनुभयो । जसका कारण कृषकहरु सकसमा परेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘ स्थानीय तहमा प्राविधिक सेवाको विकास गर्न सके कृषकहरु सहजता अझै फेरिन्थ्यो । ’ तर स्थानीय तहमा त्यसो अझै देखिएको छैन । राज्यले कृषि सेवाको कर्मचारी व्यवस्थापनमा लापरवाही गरेकाले स्थानीय तहमा यस्तो समस्या देखिएको उहाँको भनाई छ । जिल्लाका दश तह मध्ये ८ तहमा एक÷एक जना कर्मचारीहरुको अस्थायी व्यवस्थापन गरी सेवा सुचारु गरीरहे पनि घोराही उपमहानगरपालिकामा २ र राप्ती गाउँपालिकामा १ जना कर्मचारी व्यवस्थापन गरीएको उहाँले जानकारीदिनुभयो ।

उहाँले सवै स्थानीय तहमा कृषिशाखाको स्थापना भई सेवा सुचारु गरीसकेको अब कृषि प्राविधिक सेवाका लागि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । जिल्ला अन्य स्थानीय तहले कृषि विकासका नीति तथा कार्यक्रमहरु आफै निर्माण गरी कार्यन्वयन गर्न सक्ने भएकाले कृषि क्षेत्रको विकासका लागि ध्यान दिन अति आवश्यक रहेका उहाँको भनाई छ । बन्दै हुदै कृषि प्रयोगशाला
जिल्ला कृषि विकास कार्यालयमा रहेको कृषि प्रयोगशाला (माटो परिक्षण शाखा )हाल बन्द हुने अबस्थामा छ । प्रयोगशााला सञ्चालका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा कार्यलयमा रहेको माटो प्रयोगशालाको सेवा बन्द हुने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालयका माटो विज्ञ दिगवंर यादवले बताउनुभयो । करिव २५ लाखको लागतमा गत चार वर्षअघि सञ्चालन भएको उक्त प्रयोगशाला सञ्चालनका लागि वजेट नपाउदा प्रयोगशाला उपकरण थन्काएर राख्नुपर्ने स्थिति सिर्जना हुदै गईरहेको उहाँको भनाइ छ ।

प्रयोगशालाले माटोको अम्लीय ÷ क्षारियपन , पोटास , प्राङ्गारिक पदार्थ मात्रा र फरफोरस लगाएतको परिक्षण सेवा दिदै आईरहे पनि हाल त्यो सेवा बन्द हुदै गईरहेको उहाँले बताउनुभयो । सेवा सञ्चालनका मन्त्रालयले ९ लाख ४०हजार रुपैया रकम विनियोजन गरे पनि उक्त रकम कार्यालय संयोजन संगै स्थानीय तहमा गाँभिएकाले प्रयोगशाला बन्द भएको उहाँको भनाई छ ।

जिल्लमा एउटा मात्रै प्रयोगशाला रहेकाले स्थानीय तहले पनि प्रयोगशाला सञ्चालनका लागि चाँसो नदिएको बताउदै उहाँले भन्नुभयो – सेवा सञ्चालनका रासानिक पदार्थहरु खरिद गर्ने समेत पैसा छैन । ’ प्रयोगशाला सचालनका लागि स्थानीय तह संग बजेट माग गर्दा प्राविधिक सेवाका लागि अहिले योजना छुट्याएका छैनौ भन्ने गरेको उहाँको गुनासो छ । तर जिल्लाभरका दश तहले थोरै– थोरै रकम व्यवस्थापन गरी स्तरिय प्रयोगशालाको सेवा किसानहरु लाई दिन सकिने प्रविधि कार्यालय संग रहेको उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्