बिरेन्द्र शाहको सालिकको पर्खाल भत्काईयो



 

सैघाली खबर,
तुलसीपुर २७ चैत ।

तुलसीपुर उपमहानगरपालिका वडा नंबर ५ ले पूर्व राजा वीरेन्द्र शाहको सालिक सुरक्षाका लागि निर्माण गरिएको पर्खाल भत्काइएको छ । गाडि मोड्न सहज होस भनी पर्खाल भत्काएर ब्यबस्थित बनाउन लागिएको छ । भत्काइएको ठाउँलाई अहिले पनि वीरेन्द्र चोक भन्ने गरिन्छ । वीरेन्द्रको सालिकको सुरक्षाका लागि वरिपरी बाहिरी भाग निर्माण गरिएको थियो । उक्त बाहिरी भागलाई तुलसीपुर उपमहानगरपालिकाले भत्काएको हो । विच सडकमा भएको बाहिरी भागका कारण सडक साँगुरो भएका कारण गाडीलाई मोड्न (घुमाउन) नपुग्ने गुनासो आएपछि डोजर लगाएर फालिएको तुलसीपुर उपमहानगरपालिका – ५ नम्बर वडाका प्रवक्ता सुरेश श्रेष्ठले जानकारी दिए । शालिक अड्याएको स्तम्भ भने जस्तोको तस्तै राखेर आकार सानो वनाउने उनले श्रेष्ठले बताए ।

२०६२÷०६३ को जनआन्दोलनका क्रममा तत्कालीन माओवादीका कार्यकर्ताले वीरेन्द्रको सालिक तोड्फोड गरेर हटाएका थिए । यसैबीच तुलसीपुर क्षेत्रका स्थानीयले भौतिक पुर्वाधारको विकास गर्दा गुणस्तरीयतालाई ध्यान दिन आग्रह गरेका छन् । दशकौ अघि निर्माण गरिएको संरचना भत्काउँदा जेसीवीलाई निकै समय खर्चिनु परेको थियो । डोजरले बाहिरी भाग भत्काउन लागेको समयमा सर्वसाधारणको भिड लागेपछि प्रहरीले उनिहलाई हटाएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्