सैघाली खबर,
घोराही २७ चैत ।
वातावरण तथा विपत व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिकाद्धारा आयोजित कार्यक्रममा बोल्ने वत्ताहरुले वढ्दो वातावरण प्रर्दुषण नियन्त्रणका लागि उपमहानगरपालिकाले वनाएका नीति कार्यक्रम कार्यान्यन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले वढ्दो प्रर्दुषण नियन्त्रणका लागि जनचेतनाको आबश्यकता रहेको वताउँनुभयो । घोराहीमा बाढी,आगलागी र भुकम्पको मुख्य समस्या रहेको वताउँदै त्यसको व्यवस्थापनमा कार्यालय लागेको वताउँनुभयो ।
विकासकै कारण वातावरणमा प्रभाव पर्ने भन्दै मेयर चौधरीले घोराहीको प्रर्दुषण मापनका लागि मेशिन जडान गर्नै तयारी भैरहेको बताउँनुभयो ।घोराही सिमेन्टका प्रर्दुषण नियन्त्रणका लागि कार्यालयका तर्फबाट नियमित अनुगमन गर्दै आएको भन्दै उद्योगबाट उत्पादित प्रर्दुषणको मापन नगर्दा सम्म थप क्षमता उद्योगलाई बढाउँन नदिने उल्लेख गर्नुभयो ।कुनै दैवीक बिपत्तिमा परेका नगरवासीलाई कार्यालयका तर्फबाट तत्काल राहत स्वरुप २५ हजार र कार्यापालिकाको तर्फबाट तीनहजार वरावरको उपभोग्य बस्तु दिने व्यवस्था समेत मिलाएको वताउँनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, माओवादी केन्द्रका विश्वराज आचार्य लगाएतले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य
कार्यक्रमको संचालन सदस्य सचिव सुवोध रेग्मीले गर्नु भएको थियो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।