मन्त्रिपरिषद् बैठकले गर्‍यो दुई निर्णय



सैघाली खबर,
काठमाडौं २७ चेत्र

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको गरेको छ।

डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरेर प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। त्यस्तै, सरकारले विद्यालय भर्ना अभियानलाई सफल बनाउनका लागि सबैलाई विद्यालय जाने उमेर पुगेका बालबालिकालाई विद्यालय भर्ना गराउन आह्वान गर्ने निर्णय गरेको छ।

सरकारले मन्त्री, सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, सरकारी अधिकारी, उद्योगी, कलाकार, शिक्षक संगठन, गैह्र सरकारी संस्था सबैलाई विद्यालय भर्ना अभियानलाई सफल बनाउन एक(एक बालबालिकालाई विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ।

नेपाल प्रहरीको महानिरीक्षकको नियुक्ति गर्ने आँकलन गरिएको मन्त्रिपरिषद्को बैठकले यसबारेमा भने कुनै निर्णय नगरेको बताइएको छ। नेपाल प्रहरीको महानिरीक्षक प्रकाश अर्यालको २८ गते अनिवार्य अनिवार्य अवकाश हुँदैछ। महानिरीक्षक बन्ने लाइनमा तीन डिआइजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्