क्रान्तिकारी पत्रकार सगठंन नेपालको दोस्रो जिल्ला सम्मेलन सम्पन्न



 

सैघाली खबर,
घोराही २७ चैत्र।


आस्था बिचार प्रेम तथा अभिब्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजिबीको हक हित र जनपक्षिय पत्रकारीताको बिकास प्रतिबद्यता भन्ने उद्धेश्यका साथ क्रान्तिकारी पत्रकार सगठंन नेपालको दोस्रो जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नेपाल पत्रकार महासघका पुर्ब केन्द्रिय सचिब, क्रान्तीकारि पत्रकार सगठनका अध्यक्ष प्रभात चलाउनेले पत्रकारीता पेशामा पछिल्लो समय देखिएका बिकृतीलाई गहिरीएर अध्ययन गर्नु पर्नैे बताएका थिए।

पत्रकारीता एक सम्बेदनशिल पाटो भएकाले निष्पक्ष र गहरीएर पत्रकारीता गर्नु पर्ने बताएका थिए। पछिल्लो समय पत्रकारीतामा जनताको बोली जनताका गुनासाहरु कम सुनिने तथा राजनितीक पाटोलाई मात्र बढि प्राथमिकता दिने परीपाटी बनेकोमा दुख ब्यक्त गर्नु भयो। प्रमुख अथिति चलाउनेले मिडिया र पत्रकारीता आजको प्रविधिसंगै अगाडि बढ्नु पर्ने बताउनु भयो ।

यसै प्रशगंमा उहाले पत्रकारको श्रमजिबीको हक र हितका बिषयमा पनि गम्भििर भएर लाग्नु पर्ने बताउनु भयो। राज्यले चौथो अगं भनिएका पत्रकारहरुको अबस्था एक दमै दयनिय रहेकोमा दुख ब्यक्त गदै यसमा सम्बन्धित निकायले चासो दिनु पर्नै बताउनु भयो ।

कार्यृक्रममा दिया चन्द, पत्रकार महासघंका केन्द्रिय पार्षद शुसिला आर्चाय, प्रेस सेन्टरका कार्यबाहक अध्यक्ष प्रकाश चौधरी,प्रेस काउनसिलिङका नारायण भन्डारी ,नेपाल पत्रकार महासघका अधक्षय सबिन प्रियासन,नेपाल पत्रकार महासघ।का निर्बतमान अध्यक्ष प्रताप रेग्मी,बोल्नु भएको थियो।

क्रन्तिकारी पत्रकार सगठनको दाङ जिल्ला सयोजक जानकी दहितको अध्यक्षता , क्रन्तिकारी पत्रकार सगठनका केन्द्रिय उपाध्यक्ष प्रभात चलाउनेको प्रमुख आतिथ्यता एबम प्रेस काउनसिलीङका नारायण प्रशाद शर्माको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तब्य पत्रकार ओम प्रकाश गुप्ता एबं कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष कुमार गुप्ताले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्