नुवाकोट ककनीका कृष्णबहादुर तामागं एक बर्षअगाडी डिभि चिटठा परेर अमेरिका पुगेका थिए ।
नेपाल जस्तो गरिव मुलुकका नागरिककालागि अमेरिका जान पाउनु भनेको गतिलो अबसर मानिन्छ । तामागंले अबसर त पाए साथै उनले विविध तनावका वाबजुद मानसिक रोगको सिकारपनि भए ।
जसकाकारण उनी त्यहाँ बस्न सकेनन् र नेपाल फर्किए । उनी जव नेपाल फर्किएका थिए त्यतिबेला उनी डिप्रेसनको रोगी भई सकेका थिए । डिप्रेसनका कारण उनी मानसिक सन्तुलन गुमाएपछि बेपत्ताा छन् ।
पारिवारिक श्रोतका अनुसार उनी चैत्र २१ देखी परिवारको सम्पर्कमा छैनन । ककनी ३ चाउकेका स्थायी बासिन्दा कृष्णको परिवार हाल तारकेश्वर नगरपालिका गुहेश्वरीमा बस्दै आएको छ ।
त्यहीबाट उनी बेपत्ताा भएका हुन । उनको परिवारले दिएको जानकारी अनुासार अमेरिकामा रहँदा उनी एकजना अर्कै देशका मान्छेसित काम गर्थे र उनीसित तामांगको पहिला विवाद भएको थियो ।
अमेरिकाबाट फर्केपछि डिप्रेसनको उपचारमा लागेका कृष्णबहादुर कहीदिन देखी बेपत्ताा छन् । उनको खाजि कार्य जारी छ तर अझै फेला पर्न सकेका छैनन् ।
उनको खाजिकोलागि परिवारले पत्रपत्रिकामा सुचना प्रकाशन गर्नेदेखी प्रहरीक कार्यालयमा समेत जानकारी दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।