क्रान्तिकारी पत्रकार संगठन दाङको दोश्रो भेला सम्पन्न – अध्यक्षमा दहित



 

गिरिराज नेपाली

दाङ,२७ चैत । क्रान्तिकारी पत्रकार संगठन दाङको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जानकी दहितको अध्यक्षतामा २१ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा सन्तोष कुमार गुप्ता , सचिवमा जंग रेउले , कोषाध्यक्षमा विदुर एमसी रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा ओमप्रकाश गुप्ता, दीपक वंली , अमर चौधरी , द्रोण केसी, मनोज केसी , सन्तोष बिसी , राधा झाँक्री मगर, आयुषा केसी, मनिषा मगर, धनराज स्वर्णकार, मेघराज डाँगी , बसन्त राणा , सन्तोष थापा, बिरेन्द्र गिरी, रोम थापा र तेजप्रसाद पोख्रेल रहनुभएको छ ।

 

भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउँनेले जनमुखी पत्रकारिताको विकास आजको मुख्य आबश्यकता भएको वताउँनुभयो । ‘राजनीति र सत्तामुखी पत्रकारिताको विकास भएको वताउँदै आवाज विहिनको आवाज पत्रकार बन्नुपर्र्ने बताउँनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मालेजनमुखी पत्रकारहरुले जनताको न्याय सशक्त रुपमा कलम चलाउन पर्ने बेला आएको वताउँनुभयो ।श्रमजीवि पत्रकार ऐन हाल सम्म लागु नभएको वताउँदै त्यसका सबैले राज्यलाई दवाव दिनुपर्ने वताउँनुभयो ।सम्मेलन आयोजक समितिका सदस्य ओमप्रकाश गुप्ताको स्वागत मन्तव्य बाट शुरु कार्यक्रमको सहजिकरण सन्तोष कुमार गुप्ताले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्