नारायणगढ
नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिद्ले चितवनमा २००० प्रतिसत कर बृद्धि गर्न मुख्य भूमिकामा रहेको ठहर गर्दै जिल्लाका एक जनप्रतिनिधिमाथि कारवाही गरेको छ ।
भरतपुर महानगरपालिका १० का वडाअध्यक्ष अरुण पीडित भण्डरीलाई जनपरिषद्का कार्यकर्ताले मंगलबार दिउँसो सार्वजनिक स्थलमै कालोमोसो दलेर कारवाहरी गरेका हुन् ।
दुई हजार प्रतिशत कर बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको, सेवाग्राहीबाट कमिसन लिने गरेको र कर सम्बन्धी बुझ्न गएका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको जनपरिषद् चितवनले जनाएको छ ।
देशकै सबैभन्दा बढी कर वृद्धि गरेको भन्दै महानगरपालिकाकी मेयर रेणु दाहालको पनि आलोचना भइरहेको छ ।
दाहालकै प्रस्तावमा करवृद्धि भएको वडाअध्यक्ष भण्डारीले खुलासा समेत गरेका छन् ।
यसअघि पनि भ्रष्टाचारी, कमिसनमा नेकपाले चेतावनी स्वरुप कालोमोसो दल्दै आएको थियो तर जनपरिषद्कै नामबाट गरिएको यो पहिलो कारवाही हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।