दुवै प्रहरी संगठनमा सरकारले गर्यो प्रमुखको नियुक्ती



सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।

सत्ता साझेदार दलहरुबीच विवाद भएपपनि मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको दोस्रो बैठकले प्रहरीको दुवै संगठनमा प्रमुख नियुक्त गरेको हो ।

आईजीपीको दौडमा सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की रहेकोमा बरियताको क्रममा खनाललाई नियुक्त गरिएको हो ।
डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्य सम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा रहेका थिए ।

बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गर्नुभएको थियो ।
प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकमा सत्ता साझेदार दलहरु एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न सकेको थिएन ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्