सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि



 

हेमराज शर्मा,
दाङ,२८ चैत ।( सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।मंगलबार बेलुकी ७ बजेतिर मोटरसाइकलमा कपुरकोटबाट पाखापानी जाँदा बाटोमा सर्पले बाटो छेकेको र रोकेर झरेपछि सर्प मोटरसाइकलमा बसेको पाखापानीका खिमेन्द्र सेनले बताउनुभयो ।

सर्पले बाटो छेकेपछि मोटरसाइकल रोकेर आफूले अरुलाई बोलाएको सेनको भनाई छ । सेनले खबर गरेपछि रेडियो कपुरकोटका स्टेशन मेनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यहाँ पुगेका थिए । शुरुमा यस घटनालाई सामान्य रुपमा लिइएको थियो । त्यसपछि सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमाथि गयो र फेरि झ¥यो । त्यसपछि केही पर रोकिराखेको बजार व्यवस्थापन समितीका अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलको सिटमुनी गएर बसेको छ ।

मोटरसाइकलमा बसेको सर्प हेर्न र पूजा गर्न अहिले पनि त्यहाँ घुईंचो लागेको स्थानीय डिलबहादुर बुढाथोकीले बताउनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्