कथा: पाखे



सागर पराजुली

उ निकै क्युरियस थियो । अलि पढेलेखेको नयां मान्छे भेट हुंदा उप्रश्नहरुको झटारो हान्थ्यो । हावा किन देखिंदैन? हवाइजहाज उड्न इन्जिनचाहिन्छ तर चरा उड्न किन चाहिंदैन? आदि आदि । आजको युगमा जन्मेको भएगुगललाइ सोध्थ्यो । उत्तर नपाए लाइब्रेरीमा गइ किताबमा खोज्थ्यो । तर तीसकोदशकमा जन्मेकोले नयां मान्छेलाइ वा पढाउने सरलाइ सोध्नुको बिकल्प थिएन ।

उ पिंढीमा जन्मेको हो । अस्पताल उसले ठूलो भएपछि मात्र देखेको हो । पेट दुख्दा हजुरबाले दन्केर्नोको रस पिलाउंथे । निकै टर्रो हुन्थ्यो ।दन्केर्नोलाइ हातमा राखी थिचेपछि पातको आकार हातमा बस्थ्यो त्यसैले उदन्केर्नोलाइ टाटुको रुपमा पनि प्रयोग गर्थ्यो । ज्वरो आउंदा चाहिं कान्छादाइ फुक्न आउंथे ।

दिनहरु सधैं उस्तै हुन्थे । हजुरआमाले आठ बजेपछि भात खान दिन्थिन् ।  त्यसपछि उ हतार हतार स्कुल जाने लुगा लगाउँथ्यो ।अगिल्लो दशैंमा किनेको उसको सेतो कमेज खैरो भइसकेको थियो । कट्टु पछाडि दुइठाउँमा टालेको थियो । लुगा लगाइ उ गाइ चराउन खोलातिर झर्थ्यो । हतार भएकोदिन उ गोरुको पुच्छर निमोठ्थ्यो । तर गोरु झन् नटेरी खेतखेतै भाग्थ्यो ।उसलाइ झन् अबेर हुन्थ्यो । गोरुलाइ खोरियातिर हुलेपछि दगुर्दै उ स्कुलजान्थ्यो । सधैं उ ढिलो पुग्थ्यो । डराइ डराइ उ सरसङ्गग हात थाप्थ्यो । लठ्ठीपाउंथ्यो । जति पटक लठ्ठी खान्थ्यो त्यति नै पटक उ हात झट्कार्थ्यो ।दुखाइ अलि कम हुन्थ्यो ।

स्कुल सकिएपछि उ गोरु लिइ घर जान्थ्यो ।हजुरआमाले दुइ पसर भुटेको मकै दिन्थिन् । उ मकै खल्तिमा हाल्थ्यो र डोकोबोकी घांस काट्न जान्थ्यो । हरेक दिन एक डोको घांस काट्नु उसको काम थियो ।घांस काट्दा कहिलेकाहिं आंसीले हात काट्थ्यो । उ घाउमा गन्ने वा पातिको रसनिचोरेर लगाउंथ्यो अनि झुम्रो बांध्थ्यो । एकैछिन बारीको कान्लामा अडेसलगाइ आराम गर्थ्यो । उसले घांस काट्दा सधैं पुर्वको आकाशबाट एउटा जहाजआउंथ्यो । उ जहाजको छायांलाइ पछ्याउंदै दगुर्थ्यो । आंखाले देखुन्जेलजहाजतिर हेरिरहन्थ्यो ।  त्यो जहाज अलि पर पुगी मोडिन्थ्यो र जमिन तिरझर्थ्यो ।  उसका हजुरबाले त्यो जहाजलाइ शहर जांदा नजिकबाट देखेका छन् ।उसलाइ पनि त्यो जहाजलाइ आंफ्नै आंखाले नजिकबाट हेर्न मन छ । त्यसका लागिशहरसम्म पुग्नुपर्छ । एउटा ठुलो खोलो तर्नुपर्छ ।  तर उ अझै सानै छ । जहाजबिलाएपछि डोको भरेर उ घर फर्कन्थ्यो । धेरैजसो उ डोको माथि थप एक मुठो घांससमेत लान्थ्यो । त्यसो गर्दा उसले बेलुका भात खांदा एक डाडु दुध बढीपाउंथ्यो ।

जमाना निकै फरक थियो ।  आजकलको जस्तो प्लाष्टिकका खेलौनाबन्दुक थिएनन् । तर बाउ पल्टने भएकाले बन्दुकको शान संग चाहिं उ राम्रैपरिचित थियो । बन्दुक बनाइदिन उसले हजुरबालाइ धेरै पटक भन्यो ।  हजुरबालेबांसको ढुंग्रोमा बन्दुक बनाइदिएका पनि हुन् । चरा मार्नसक्ने बन्दुक चाहिंहोइन । सानो ढुंगोलाइ पांच सात फिट टाढासम्म फ्यांक्न सक्थ्यो । तर बन्दुकभएपछि साथिहरुले उसलाइ फरक नजरले हेर्थे । उसलाइ त्यति भए पुग्थ्यो । उ जेगर्थ्यो आफुलाइ आफ्ना साथिहरुबाट अलग देखाउन गर्थ्यो । उसको संसार निकैसानो थियो । त्यस्तै ४ ५ जना जति थिए साथिहरु। नयां खेलौना केहि भएसबैभन्दा पहिले तिनैलाइ देखाउंथ्यो। कोहि पाहुना आउंदा बिस्कुट वा मिठाइल्याइदिए तिनलाइ देखाएपछि मात्र खान्थ्यो । देखाएपछि खांदाको स्वाद बेग्लैहुन्थ्यो ।अधिकांश समय तिनै साथिहरुसंगै बित्थ्यो । उसको प्रतिस्पर्धा तिनैसाथिसंग हुन्थ्यो । उनिहरु बांसको सुइरोमा सजिवनीका गेडा कोपेर सबैभन्दाटाढा कसले पुर्याउने भनि प्रतिस्पर्धा गर्थे । ढुंगालाइ डुब्न नदिइ खोलातार्न प्रतिस्पर्धा गर्थे । धेरैजसो उ जित्थ्यो । तर हारेको दिन उसलाइराम्रोसंग निन्द्रा पर्दैनथ्यो ।

उ सिर्जनात्मक थियो । आजकल जस्तोकिबोर्ड गितार वा अरु संगितका साधन रेडियोमा मात्र सुनिन्थ्यो । ति थरीथरीआवाज उ सुसेलीमा निकाल्थ्यो । पाखुरीको पातलाइ मोडेर  संगित निकाल्न पनि उखप्पिस थियो। एक पटक पानीको पाएपमा प्वाल पारी मुरली पनि बनाएको हो तर बज्नचाहिं बजेन । नबजेपछि अर्को पायपको टुक्रा जोडेर पांग्रा बनायो । पुरानोछाताको करगंले उ त्यसलाइ गुडाउंथ्यो । त्यो पांग्रालाइ नलडाइकन खेत बारीछिचोल्दै डांडासम्म पुग्थ्यो । डांडाबाट तल घरतिर हेरी संसार जितेकोअनुभुति गर्थ्यो र आफुलाइ अलेक्जेन्डर ठान्थ्यो ।  उसले फाटेको कट्टुकोग्यांटिसले गुलेली पनि बनाएको हो। बिजुली खैनीको डिब्बाले गुड्ने गाडीबनायो । फालिएका बोतलका बिर्का प्रयोग गरी क्यारमबोर्ड खेल्ने जुक्ति पनिनिकाल्यो ।  उसले कागजको हवाइजहाज पनि बनाएको हो जुन आधा घन्टाभन्दा बढीउडेको थियो । उसले फाटेको मोजाले बनाएको फुटबल खेल्यो ।  बाटोमा फालिएकाचिजहरुमा उ कुनै न कुनै नयां खेलौनाको स्वरुप देख्थ्यो । उसले अन्य धेरैकुराको आविष्कार गर्यो । गाउंमा उसको शान बेग्लै थियो ।

किशोर भएपछिबाउ आमासंगै उ शहर झर्यो । उसका साथिहरु चाहिं गाउंमै भए । अब उसका नयांशहरिया साथिहरु भए । तर शहरमा उसको परिचय ‘गाउंले’ नै थियो । कतिपय  शहरकारैथानेहरु उसलाइ ‘पाखे’ भन्थे । उनिहरु उसलाइ खुब उडाउंथे । हुन पनिउनिहरुलाइ  देखाउन लायक उ संग केहि थिएन । पढाइमा चाहिं उ अब्बल नै थियो ।पहिला वा दोस्रा हुन्थ्यो नै । उसका कतिपय साथिहरुसंग साइकल थियो ।कतिपयसंग भिडियो गेम समेत थियो । उसले झोलाबाट मोजाको बल देखाउंदा  उनिहरुगलल हांस्थे । रबरको बल किन्ने पैसा उ संग थिएन । झोक चल्दा बाउको खल्तिछाम्थ्यो । तर खुद्रा पैसा मात्र भेट्थ्यो । शुक्रबार शनिबार आउंदा उ सधैंगाउं जाने गर्थ्यो । कहिलेकाहिं गाउंबाट दुध दहि लिएर आउंदा उसलाइ उसकानयां साथिहरुले गिज्याउंथे । दुधवाला आयो भनी जिस्क्याउंथे । लाजले उ रातोहुन्थ्यो । उसलाइ निकै हिनताबोध हुन्थ्यो । त्यसबाट उसलाइ बदलाको भावना पनिआउंथ्यो । शहरको हावाले उसलाइ कहिलेकाहिं बेस्सरी हान्थ्यो । गाउंमाफर्किंदा भने त्यो दुखाइ अलि कम हुन्थ्यो । गाउंमा गइ साथिहरुसंग उ शहरमाजहाज देखेको, टिभी हेरेको, गाडी चडेको कुरा सुनाउंथ्यो । जे होस् शहरियाभएपछि गाउंमा उसको शान चाहिं मजैले बढेको थियो ।

जवान भएपछि चाहिंउसलाइ त्यो शहर सांगुरो लाग्यो । अझ फराकिलो ठाउं खोज्दै उ  राजधानी छिर्यो। अरुको जस्तै उसको पनि राजधानी जाने बहाना क्याम्पस पढ्ने नै थियो ।त्यहां जिवन सरल होला भन्ने उसले सोचेको थियो । तर त्यहां प्रतिस्पर्धानिकै कडा थियो । उसको राजधानीकै रैथाने प्रतिस्पर्धिहरु थुप्रै थिए । अनिदेशभरका गाउंबाट आएका उ जस्तै अन्य पनि । तर उ निकै मिहिनेती थियो । पढाइमाउ अगाडि नै हुन्थ्यो ।

राजधानीमा पढाइमा मात्र हैन हरेक कुरामाप्रतिस्पर्धा गर्नुपर्थ्यो । वास्तवमा राजधानीले उसलाइ प्रतिस्पर्धा गर्नसिकाउंदै थियो । यसै बीचमा उसलाइ जवानीले पनि छोयो ।  उसले एउटी केटीलाइ मनपराउन थाल्यो ।  केटीहरु मायाका भोका हुन्छन् भन्ने उसले सुनेको थियो ।उसले त्यो केटीलाइ अपार माया दियो । उ हेर्दा त्यस्तो ह्यान्डसम पनि थिएन ।उसले त्यो केटीलाइ प्रभावित पार्न सकेको सबैथोक गर्यो । कपालको स्टाइलदिनदिनै चेन्ज गर्यो।  फुटबल खेल्न थाल्यो । जिम पनि जान थाल्यो । तरत्यतिले पुगेन । राजधानीमा भिडबाट आफुलाइ अलग्याउन निकै गार्हो थियो ।त्यसका लागि फ्यासन अनुसारको लुगा फेरिरहनु पर्थ्यो । पर्फ्युमछर्किनुपर्थ्यो । हिन्दी र अंग्रेजी सिनेमाका कुरा गर्नुपर्थ्यो ।रेष्टुरेन्टमा खानुपर्थ्यो अनि ख्वाउनुपर्थ्यो । बाइकमा चड्नुपर्थ्यो अनिचढाउनुपर्थ्यो । उसले त्यो केटीलाइ प्राप्त गर्न सकेन । उ राजधानीमाहुर्केकी केटी थिइ । तर उ भने  ‘पाखे’ नै थियो । उ जिवनमा धेरै कुरामा सफलभएपनि प्रेममा सफल हुन सकेन । उसले चाहेको कुरा प्राप्त गर्न सकेन । जिवनमापहिलो पटक प्राप्त नगरी गुमाएको महशुस उसले गर्यो ।  त्यसपछिको केहि समय उनिराश भयो । तर समयले सबै घाउ पुर्यो । उसले आफुलाइ सम्हाल्यो । यस घटनालेउसलाइ जिवनमा धेरै कुरा सिकायो ।

केहि बर्षपछि उसलाइ राजधानीसांगुरो लाग्न थाल्यो । उ अमेरिका गयो । अरुको जस्तै उसको पनि विदेश जानेबहाना पढ्ने नै थियो । त्यहां प्रतिस्पर्धा झनै कडा थियो । विश्वभरबाटछानिएर आएका युवाहरुसंग उसको प्रतिस्पर्धा थियो । त्यहांको ब्यस्त जिवनलाइभोगेपछि आठ कक्षामा पढेको डार्बिनको बांच्नका लागि संघर्ष सिद्दान्त उसलेराम्रोसंग बुझ्यो । उ जिवनका अनुभवहरुबाट सिक्दै थियो । तर प्रतिस्पर्धागर्दा गर्दा उ थाकिसकेको थियो । उसलाइ अब अरुसंग प्रतिस्पर्धा गर्नुअर्थहिन लाग्न थाल्यो । उ आंफैसंग प्रतिस्पर्धा गर्न थाल्यो । उसले पढाइमाअझ मन लगायो । संघर्षलाइ जीवनशैली बनायो । आंफैभित्र रमायो । आफ्नोजवानीलाइ काबुमा राख्यो ।

उसका धेरै साथिहरुलाइ अमेरिकी जीवनशैलीलेप्रभावित पार्यो ।  उनिहरु वियर खांदा र गोरा युवतिहरुसंग झुम्दा आनन्दमान्न थाले । तर अमेरिकाले उसलाइ धेरै प्रभावित गर्न सकेन । उ फ्यासनअनुसार लुगा लगाउंदैनथ्यो । उसको कोठामा सामानहरु पनि पुरानै थिए ।साथिहरुका घरमा भित्ताभरीका टिभी थिए । उ संग चाहिं पुरानो क्याथोड रे टिभीनै थियो । उसको फोन पनि नोकिया ६०३० नै थियो । उ हरेक चिज किन्दाउपयोगिताको हिसाबले किन्थ्यो । हरेक वस्तुलाइ उ अधिकतम प्रयोग  गर्थ्यो ।कुनै वस्तुको वास्तविक लागत मुल्य भन्दा बढी तिर्नुपर्यो भने उहिच्किचाउंथ्यो । केहि चिज बिग्रे उ सकेसम्म आंफै बनाउंथ्यो । उसका कतिपयसाथिहरुले उसलाइ लोभी भन्थे । तर उसलाइ त्यसको परवाह थिएन । आफु सकेसम्मगलत काम गर्दैनथ्यो । अमेरिकामा उसको स्ट्याटस ‘पाखे’ नै थियो।  तर ‘पाखे’ हुनुमा उ  गर्व गर्थ्यो ।  उ जे गर्थ्यो मज्जाले गर्थ्यो । मज्जालेहांस्थ्यो । मज्जाले रुन्थ्यो ।

आजसम्म आइपुग्दा उसले पढाइ र जिवनकाभोगाइहरुबाट धेरै सिकेको छ । गलत के हो शहि के हो छुट्याउन सक्ने भएको छ ।खुशी हुन उ आजकल अरुमा भर पर्दैन । उसका उद्देश्य पनि रियलिस्टिक छन् ।सकेसम्म विवेकशिल पनि हुन खोज्छ । उसलाइ आफ्नो लिमिटेसन पनि थाहा छ । उआजकल शिव खेराको पुस्तक पढेर जोशमा आउंदैन । उ धेरै कुरा पढ्छ, हेर्छ, सुन्छ । अनिमात्र आफ्नो धारणा बनाउंछ । उ कन्सर्टमा अरुले गीत गाएको देखेरउत्तेजित पनि हुंदैन । बरु एक्लै गुन्गुनाउंछ । टिभीमा अरुले फुटबल खेलेकोहेरेर दगं पनि पर्दैन । फुर्सद हुंदा बरु आंफै खेल्छ । उ असफल हुुंदा पनित्यति निरश र विचलित हुंदैन । यो संसारमा सबै प्रश्नहरुको उत्तर हुंदैनभन्ने पनि उसले बुझेको छ । सबैलाइ समान व्यवहार पनि गर्छ । ठुलो मान्छेलाइभेट्दा धनुष्टंकार परी नमस्कार गर्दैन । अफिस सफा गर्ने स्विपरलाइ सानो पनिठान्दैन ।

सानो छंदा आकाशमा देखेको हवाइजहाजमा उ धेरैपटक चढिसक्यो ।तर जहाजको छायांलाइ पछ्याएर दगुर्दाको आनन्द उसले पाएन । अमेरिकाका चिल्लाहाइवेमा मोटर पनि उसले धेरै चलायो । तर उसले गाउंमा पांग्रा गुडाएको जस्तोआनन्द कहिल्यै पाएन । भौतिक सुखसयलका सबै माध्यमहरु भएको अमेरिका पनि आजकलउसलाइ सांगुरो लाग्दैछ । त्यसैले उ एउटा फराकिलो ठाउं खोज्दैछ । जहां उस्वच्छन्द रुपमा फुल्न सकोस् । उसले चाहेको जीवन जिउन सकोस् । आफुले सिकेकोकुरा नयां पुस्तालाइ सिकाउन सकोस् । उ आफु हुर्केको गाउं, शहर रराजधानीलाइ जोडेर फराकिलो पार्न चाहन्छ । उसले सानो छंदा पांग्रा गुडाएकाडांडाकांडामा मोटर गुडाउन  चाहन्छ । फालिएका चिजहरुमा उसको सिर्जना प्रयोगगरी उपयोग गर्न चाहन्छ । आफु जन्मेको ठाउंलाइ उ भौतिक रुपमा मात्र हैनसामाजिक रुपमा पनि फराकिलो  बनाउन चाहन्छ । उ समाजलाइ पनि परिवर्तन गर्नचाहन्छ ।  उसले सिकेका मुल्य र मान्यताहरुलाइ त्यहां स्थापित गर्न चाहन्छ ।सांगुरो जन्मभूमिलाइ उ हरेक हिसाबले फराकिलो पार्न चाहन्छ । पढाइ सकेर उगाउं फर्किन चाहन्छ । उ ‘पाखे’ नै रहन चाहन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्