वडाध्यक्षलाई कुटपीट गर्ने पक्राउ



सैघाली खबर,
तेह्रथुम,३० चैत – तेह्रथुमको फेदाप गाउँपालिका – ५, इसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपीट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्षलाई मंगलबार स्थानीय गणेश तामाङले मादक प्रदार्थ सेवन गरी हातपात गरेका थिए ।

घिसिङलाई कुटपीट गर्ने तामाङलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन भूजेलले जानकारी दिनुभयो ।

मादक प्रदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गर्दा हातपात गरेको वडाध्यक्ष घिसिङले बताउनुभयो । कार्यालय समयमा हातपात गर्ने युवालाई कानुनी कारवाही गर्नुपर्ने घिसिङको माग छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्