चलचित्र “मालिका”मा मुख्य नायिकाको रुपमा छानिइन जाजरकोटकी १५ वर्षिया छोरी कमला



जाजरकोटकी १५ वर्षिया कमला वली चर्चित अभिनेत्री रेखा थापा र नरवहादुर कार्कीले निर्माण गर्न लागेको मालिका फिल्मका लागि मुख्य नायिकाको रुपमा छानिएकी छिन् । भेरी नगरपालिका–१ कालेगाउँ स्थित शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँवाट एसइइ दिएकी कमलासंग चलचित्र अभिनयको ज्ञान र अनुभव छैन तरपनि उनले मालिका फिल्मकी मुख्य नायीकाको भुमिका निवाह गर्ने अवसर पाएकी छिन् ।

घर परिवार र समाजले बालबिबाह गर्न दबाव दिइरहेका वेला त्यस विरुद्ध प्रतिवाद गरेर बालबिबाहको चपेटामा परेका लाखौं बालिकाहरुकाहरुलाई चेतना जगाउने उद्धस्यले फिल्म लागेको नायिका रेखा थापाले बताइन् । बालबिबाह विरुद्धको देशव्यापी अभियान अन्तरगत रेखा र कार्कीले निर्माण गर्न लागेको ठुलो पर्दाको फिल्मका लागि हिरोइन खोज्ने क्रममा भेरी नगरपालिका–१ कालेगाउँमा कमला भेटिएकी हुन् ।

कलाकार खोज्ने टोली जाजरकोटका बजार र गाउँमा डुल्दै गर्दा पन्ध्र सोह्र वर्षका बालिकाहरुलाइ जम्मा गरेर अडिसन लिने काममा टीम व्यस्त थियो तर कमला भने हिड्दा हिड्दै वाटोमै भेटिइन् । फिल्मका लागि हिरोइन खोज्ने क्रममै जाजरकोट खलंगावाट पुर्वको नलगाड नगरपालिका पुगेर फिल्मको टीम फर्कदै गर्दा आफनै काममा व्यस्त रहेकी १५ वर्षिया कमला वलीसंग जीवन रुपान्तरका प्रशिक्षक नरवहादुर कार्कीको रावतगाउँमा भेट भयो । मालिका चलचित्रका कार्यकारी निर्माता समेत रहेका कार्कीको नजरमा परिन गोरी होचो कद, निधारमा खत अनि पातलो जिउडाल भएकी १५ वर्षिया कमला ।

आफुहरुले खोजेको पात्रमा हुनु पर्ने सवै गुण कमलामा देखेपछि कार्कीले कमला र उनका अभिभावकहरुसंग कुरा गरे । सुरुमा कमलाले फिल्ममा अभिनय गर्ने काममा अप्ठेरो लाग्ने गरेको आशय व्यक्त गरिन । उनका आमा वुवाको पनि त्यस्तै आशय थियो तर, पछि साथीसंगी र अग्रजहरुले फिल्ममा अभिनय गर्न पाउनु ठुलो अवसर हो भनेर वुझाएपछि कमला र उनका वुवाआमा पनि सहमत भए ।
फिल्महरु धेरै हेरेकी तर अहिले सम्म कुनै पनि अभिनयको काम नगरेकी कमलालार्इ ठुलो पर्दाको फिल्म एकै पटक खेल्दा कस्तो होला भनेर निकै कौतुहुलता छ ।

फिल्म खेल्न पाए हुन्थ्यो भन्ने त लागेको छ तर, सवैले साथ दिए काम गर्न सक्छु, उनले भनिन् ।
समाजमा व्याप्त भएको बालबिबाहलाई फिल्मको माध्यमबाट हटाउने अभियानमा लाग्छु, कमलाले भनिन् । जता हेरयो उतै सानैमा बिबाह गरेका धेरै केटाकेटीहरु भेटिन्छन् अव यसका विरुद्ध म पनि लाग्छु कमलाले फिल्म खेल्ने अवसरलार्इ बाालबिबाह विरुद्ध प्रयोग गर्ने बाँचा गर्दै भनिन्–‘बालबिबाह र महिला माथि हुने सवै प्रकारका हिंसाहरुको विरुद्धमा यहि फिल्म मार्फत लाग्छु ।’

नेपाललाइ बालबिबाह मुक्त गरि छोरीहरुका लागि स्वर्णिम नेपाल वनाउने देश व्यापी अभियानमा लागेका नायिका रेखा र जीवन रुपान्तरणका प्रशिक्षक कार्कीले आम रुपमा मुलुकलाइ नै बालबिबाह विरुद्ध सहभागी गराउन मालिका फिल्म निर्माण गर्न लागेको वताएका छन् । फिल्म मालिकाको भुमिकामा नायिका रेखा थापा हुनेछिन् भने, जयाको भुमिकामा कमला हुने छिन् । बाल उमेरमै घरपरिवार र आफन्तले जवरजस्ती गर्न लागेको बिबाह तोडेर भाग्दै काठमाडौं जान्छिन् । अनि सवै ठाउँमा उनीमाथि दुव्र्यवहार हुन थालेपछि उनको साथी वन्न आउछिन् रेखा थापा ।

रेखाले महिला माथि हुने सवै प्रकारका हिंसाका विरुद्ध लड्न सिकाउँदै फेरि जहाँवाट उनी बिबाहको मण्डप छोडेर भागेकी हुन त्यहि गएर बालबिबाह लगाएतका हिंसाको विरुद्ध सक्रिय हुने विषय वस्तु रहेको छ । नेपालका अन्य जिल्लाको तुलनामा कर्णाली प्रदेशमा वढी बालबिबाहको दर भएको हुनाले जाजरकोटवाटै फिल्मको मुख्य पात्र खोजिएको नायिका रेखा थापाले वताइन् । छोरीहरुका निम्ति स्वर्णिम नेपाल वनाउने हाम्रो अभियानमा सारा नेपालीलाइ सहभागी गराउन यो फिल्म वनाउन लागेको रेखाले वताइन् । उक्त फिल्म निर्माणको उदेश्य तीन करोड नेपालीको सपनासंग जोडिएको छ त्यसैले सवैको साथ पाउने छौं, रेखाले भनिन् ।

जीवन रुपान्तरण अभियानका प्रशिक्षक नरवहादुर कार्कीको अबधारण तथा सोचमा लेखिएको कथामा आधारित मालिका फिल्मको मुख्य पात्र नन एक्टर खोज्नुको कारणवारे नायिका रेखाले भनिन्–‘जुन समुह र क्षेत्रका बालबालिकाहरु बालबिबाह जस्तो जघन्य पिडावाट पिडित छन्, उनीहरुलाइ नै फिल्ममा अवसर दिएर यो महान् अभियानमा सवैको सहभागिता गराउन चहान्छु ।’ रेखा फिल्मसको व्यानरमा निर्माण हुने उक्त फिल्म जाजरकोटका विभिन्न स्थानहरु, वाँके र काठमाडौं लगाएतका स्थानहरुमा छाँयांकन हुने छ ।

फिल्मको निर्देशन संझना उप्रेतीले गर्ने छिन् भने, संगीत सुरेश अधिकारीले दिने छन् । ६५ प्रतिशत भन्दा वढी बालबिबाह दर भएको जाजरकोट लगाएतका जिल्लाहरुको जीवन शैली, त्यहाँवाट उत्पन्न समस्या समाधानका लागि महिलाले खेल्नुपर्ने सशक्त भुमिका र समस्याका कुराहरुलाइ फिल्मको विषय वस्तु वनाइएको चलचित्रका कार्यकारी निर्माता कार्कीले वताए ।

जहाँ जे समस्या छ जे पिडा छ त्यसलाई जस्ताको तस्तै फिल्ममा उर्तानका लागि जाजरकोटकै पात्र जाजरकोटमै फिल्म छाँयांकण गर्न लागिएको कार्यकारी निर्माता कार्कीले वताए । नन एक्टर कमलालाई एक महिनाको अभिनयको तालिम दिएर मात्र सुटिङ्गमा लगिने नायिका रेखाले वताइन् । आफुले खोजेको जस्तै पात्र कमला भएको भन्दै उनको अभिनयले नेपालका लाखौं बालिकाहरुको सुन्दर भविश्य र छोरीहरुका लागि स्वर्णिम नेपाल निर्माणमा सहयोग पुग्ने आफनो बिस्वास रहेको रेखाले वताइन् ।dijitalsanchar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्