दाङमा ४ गुणा वढि उम्मेद्वारी ५सय २० पदका लागि २३ सय ८६ भिड्दै



गिरिराज नेपाली  
असार ७  ,दाङ ।दाङमा आसन्न स्थानिय तहका निर्वाचनका लागि ५ सय २० जना जनपतिनिधि छनौटका लागि २ हजार ३ सय ८७ उम्मेद्वारी दर्ता भएको छ । जुन तोकिएको सख्यामा भन्दा ४ गुणाले वढी हो । मुलुकमा लोकतन्त्र अभ्यास संगै प्रत्येक कुरामा नागरिकको चाँसो वढ्दै गएपछि स्थानिय जनप्रतिनिधि छनौटमा पनि विभिन्न व्यक्तिहरुले आफुलाई वडा ,गाँउ, नगर , उप–महानगरपालिकाको जिम्मेवारी र नागरिकको सेवा गर्न सक्ने सक्षमता देखाउदै उम्मेद्वारी सोचेका भन्दा ४ गुणाले वृद्धि भएको जिल्ला निर्वाचन कार्यालय दाङको ठम्याई छ । २ उप–महानगरपालिका प्रमुख , १ नगरपालिका र ७ गाँउपालिका प्रमुखका लागि ८२ जनाको उम्मेद्वारी परेको छ । जसमा ७६ जना पुरुष र ६ जना महिला रहेका छन । १० वटै स्थानियत तहको उप–प्रमुखका लागि ६७ जनाको उम्मेद्वारी परेको छ । जसमा १५ जना पुरुष र ५२ जना महिला रहेको छन ।aayeg

   १० वटै स्थानिय तहको १ सय वडाहरुको वडा अध्यक्षका लागि ५ सय २३ जनले उम्मेद्वारी दिएका छन । जसमा ४ सय ९९ जना पुरुष र २४ जना महिला रहेको मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले जानकारी दिए । १ सय वडाहरुमा गरी २ सय जना खुल्ला सदस्य छनौटका लागि ८ सय ८९ जनाको उम्मेद्वारी दिएका छन । जसमा ८ सय ४७ जना पुरुष र ४२ जना महिला रहेका छन । भने आरक्षण तर्फको १ सय जना दलित महिला सदस्य छनौट तर्फ पनि ३ सय ८५ जना र महिला सदस्य तर्फ ४ सय ४० जना महिलाहरु पनि उम्मेद्वारी दर्ता गराएकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घोराही उप–महानगरपालिका प्रमुख , उप–प्रमुख , वडा अध्यक्ष , खुल्ला सदस्य ,महिला सदस्य र दलित महिला सदस्यका लागि ४ सय ४४ जनाको उम्मेद्वारी दर्ता भएको छ । जसमा मेयर पदका लागि मात्रै १० दलका १० जना र ३ स्वतन्त्र गरी १३ जनाको उम्मेद्वारी परेको छ । जसमा ११ जना पुृरुष र २ जना महिला रहेका छन । त्यस्तै १ उप–मेयर पदका लागि १२ जनाको उम्मेद्वारी छ । जसमा ४ जना पुरुष र ८ जना महिला रहेका छन । त्यसैगरी घोराही उप–महानगरपालिकाको १९ वटाका वडा अध्यक्षका लागि ९७ जनाको उम्मेद्वारी परेको छ । जसमा ९५ जना पुृरुष र २ जना महिला रहेका छन । ३८ जना खुल्ला सदस्य पदका लागि १ सय ६९ जनाको उम्मेद्वारी दिएको छन भने १९ जना महिला सदस्य छनौटका लागि ८२ जना महिलाहरुले र १९ वटै दलित महिला सदस्य छनौटका लागि ७४ जना दलित महिला सदस्यले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी तुलसीपुर उप–महानगरपालिकामा पनि १ मेयर पदका लागि ९ जना पुरुष र १ उप–मेयर पदका लागि ८ जना महिलाहरुको उम्मेद्वारी छ । त्यस्तै १९ वटा वडाहरुको १९ जना वडा अध्यक्षका छनौटका लागि १ सय २ जनाको उम्मेद्वारी परेको छ । जसमा ९५ जना पुरुष र ५ जना महिला रहेका छन । त्यस्तै ३८ जना खुल्ला सदस्य तर्फका लागि १ सय ६८ जनाले उम्मेद्वारी दिएका छन । जसमा १ सय ६१ जना पुरुष र ७ जना महिला रहेका छन । १९ जना महिला सदस्य छनौटका लागि ८४ जना र दलित महिला सदस्य तर्फ पनि ७१ जना गरी तुलसीपुर उप–महानगरपालिका लागि ४ सय ३६ जनाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै लमही नगरपालिकामा पनि १ जना प्रमुख पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । जसमा ७ जना पुरुष र २ जना महिला रहेका छन । भने उप–प्रमुख पदका लागि ८ जनाले उम्मेद्वारी दिएका छन । जसमा ४÷४ जना पुरुष र महिला रहेका छन । भने वडा अध्यक्षका लागि ६२ जनाले उम्मेद्वारी दिएका छन । जसमा ६० जना पुरुष र २ जना महिला रहेका छन । भने खुल्ला सदस्य तर्फ ९८ जनाले उम्मेद्वारी दिएका छन । जसमा ९४ जना पुरुष र ४ जना महिला रहेका छन । त्यस्तै महिला सदस्यका लागि ४९ जना र दलित महिला सदस्य तर्फ ४२ जनाले उम्मेद्वारी दिएका छन । त्यस्तै गढवा गाँउपालिका प्रमुखमा ९ , उप–प्रमुखमा ७ , वडा अध्यक्षका लागि ४९ जनाले उम्मेद्वारी दिएका छन वडाका अध्यक्षका लागि ३ जना महिला रहेका छन । भने खुल्ला सदस्य तर्फ ८६ जनाले उम्मेद्वारी दिएका छन । जसमा ८४ जना पुरुष र २ जना महिला रहेका छन । भने दलित सदस्य तर्फ ४६ र दलित महिला सदस्य तर्फ ३८ जना गरी २ सय ३५ जनाले उम्मेद्वारी दिएका छन ।

त्यस्तै वंगलाचुली गाँउपालिका प्रमुखमा पदका लागि ५ पुरुष र १ महिला गरी ६ जनाले उम्मेद्वारी दर्ता गरेका छन । त्यस्तै उप–प्रमुखका लागि ४ जना महिलाले उम्मेद्वारी दर्ता गराएका छन । वडा अध्यक्षका लागि २९ , खुल्ला सदस्य तर्फ ५२ जना पुरुष र १ जना महिला गरी ५३ जनाले उम्मेद्वारी दर्ता गराएका छन । भने महिला सदस्य तर्फ २७ र दलित महिला सदस्य तर्फ २६ जना गरी १ सय ४५ जना रहेका छन ।

त्यस्तै दंगीशरण गाँउपालिका प्रमुखका लागि ८ पुरुष , उप–प्रमुखका लागि ५ जना महिला , वडा अध्यक्षका ३३ पुरुष र १ महिला गरी ३४ जनाको उम्मेद्वारी परेको छ । भने खुल्ला सदस्यका लागि ५५ जना पुरुष र २ महिला गरी ५७ जनाको उम्मेद्वारी परेको छ । महिला सदस्यका लागि २५ र दलित महिला सदस्यका लागि २२ गरी १ सय ५१ जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

त्यस्तै राप्ती गाँउपालिका प्रमुखमा ७ र उप–प्रमुखमा ६ , वडा अध्यक्षमा ५५ जनाको उम्मेद्वारी परेको छ । जसमा ४८ जना पुरुष र ७ जना महिला रहेका छन । खूलला सदस्यका लागि ८२ जना पुरुष र १३ जना महिला गरी ९५ जनाको उम्मेद्वारी परेको छ । भने महिला सदस्य तर्फ ४८ र दलित महिला सदस्य तर्फ ४० गरी २ सय ५१ जनाको उम्मेद्वारी परेको छ ।

त्यस्तै राजपुर गाँउपालिका प्रमुखमा ७ र उप–प्रमुखका लागि ६ , वडा अध्यक्ष ३५ जना पुरुष र १ जना महिला गरी ३७ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । वडा सदस्यका लागि ६० जना पुरुष र २ जना महिला गरी ६२ , महिला सदस्य तर्फ ३३ र दलित महिला सदस्य तर्फ ३० गरी १ सय ७३ जनाले उम्मेद्वारी दर्ता भएको छ ।

बबई गाँउपालिका प्रमुखमा लागि ६ , उप–प्रमुखका लागि ५ , वडा अध्यक्षका २८ जना पुरुष र १ जना महिला रहेका छन । भने खुल्ला सदस्य तर्फ ४८ जना पुरुष र २ जना महिला रहेका छन । भने महिला सदस्य तर्फ २४ र दलित महिला सदस्य तर्फ २३ गरी १ सय ३७ जनाको उम्मेद्वारी परेको छ । भने शान्ती नगरगाँउपालिका प्रमुखका लागि ८ जना पुरुष र १ जना महिला , उप–प्रमुखमा ६ जना महिलाको उम्मेद्वारी परेको छ । वडा अध्यक्षका लागि ३० जना पुरुष र २ जना महिला , खुल्ला सदस्य तर्फ ५० जना पुरुष र २ जना महिला गरी ५२ जनाको उम्मेद्वारी परेको छ । भने महिला सदस्य तर्फ २४ र दलित महिला सदस्य तर्फ २२ गरी १ सय ४५ जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले जानकारी दिए ।

२४ जनाको उम्मेद्वारी फिर्ता 

        मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जिल्लामा उम्मेद्वारी दर्ता गरेका २ हजार ४ सय १० जना मध्ये २४ जनाको उम्मेद्वारी फिर्ता भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले गाँउपालिका अध्यक्ष १ , वडा अध्यक्ष ८ , वडा सदस्य ६, महिला सदस्य २ र दलित महिला सदस्य ७ गरी २४ जनाले उम्मेद्वारी फिर्ता दिएको जनाकारी दिए । जसमा घोराही उप–महानगरपलिकाको वडा अध्यक्ष पदका १ , वडा सदस्य ३ महिला सदस्य १ र दलित महिला सदस्य २ गरी ७ जनाले उम्मेद्वारी फिर्ता लिएको छन । भने तुलसीपुर उप–महानगरपालिका ४ , लमही नगरपालिका ३ , गढवा गाँपालिका १ , राजपुर १ , बबई ६ र शान्तीनगर गाँउपालिका १ गरी २४ जनाले उम्मेद्वारी फिर्ता लगेको खड्काले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्