वडा नंं. १४ को सार्वजनिक सुनुवाई सम्पन्न



प्राथमिकताका आधारमा योजना छनौट गरेका छौ  अध्यक्ष

 

दाङ, ३० चैत्र । घोराही उपमहानगरपालिक वडा नं. १४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्बजनिक सुनुवाइ कार्यक्रममा बोल्दै वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले वडा स्तरमा प्राथमिकताका आधारमा योजना छनौट गरेको वताउँनुभयो ।

अध्यक्ष डाँगीका अनुसार आर्थिक बर्ष २०७४÷०७५का लागि मगर समुदायको भाषिक चेतनाको ७० लाख , किसानलाई कृषि तालिमका लागि १ लाख , बौद्धिक अपाङग तथा शुस्त मन स्थिती अभिभाबक संस्थाको कार्यालय स्थापनाका लागि ५० हजार, दलित सीप विकास कार्यक्रमका लागि ७५ हजार, लागु औषध दुर्बेसनी ७५ हजार, बजेट ६ विनियोजन गरेको उल्लेख गर्नुभयो । त्यसका साथै बालबिबाह बिरुद्ध ४ जन चेतनाअभियान कार्यक्रमका लागि ५० हजार, गर्भवती महिलाले नियमित चेक जाँच गरी सुत्केरी गराए बाफत प्रोत्साहन भत्ता ५ सय । प्रदान गर्ने कार्यक्रम समेत लागु गरेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

 

नयाँ बसपार्क खानेपनी योजनाको खानेपानी टंकी निर्माणकााका १० लाख, क्रिजलपेट्रोल पम्म पम्प देखी पश्चिम उत्तर झिगौंरा थारु गाउँ हुदै स्वगद्धारी आश्रम जाने बाटो कालोपत्रेका लागि लागि २५ लाख, कटुवा खोला देखी उत्तर राप्ती उपक्षेत्रीय अस्पताल भूक्ष्य नियन्त्रण तत्बन्ध निर्माका १५ लाख लाख,सब्जि मण्डीमा आर.सी.सी. ढलान ७ लाख, अटोेभिलेज भूक्ष्य नियन्त्रणका लागि २० लाख, बजेट विनियोजन गरिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिक मेयर नरुलाल चौधरीले घोराहीको विकासका लागि आफु निरन्तर रुपमा लागेको वताउँनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका चौधरीले नेपाली भाषामा योजना ईष्टिमेट लागु गर्ने बताउँदै घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा शहरी स्वास्थ्य क्लीनिक संचालनमा ल्याउँने वताउँनुभयो ।

प्रमुख अतिथी समेत रहनु भएका चौधरीले घोराहीमा रहेको अब्यवस्थित बधशालाको निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजना गरेको वताउँदै अब छिटै प्रकृया अगाडी समेत बताउँनुभयो । कार्यालयले वडा स्तरिय पूर्वधार बिकास तर्फ ६० लाख,सामाजिक,आर्थिक र वातावरण विकास तर्फ ४० र सामाजिक आर्थिक विकास मध्यको ४ लाख ७० हजार कार्यालय संचालनका लागि बजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।

 

वडा सदस्य लछुमन बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा एमाले देवीराम पोखरेल, काँग्रेसका श्याम प्रसाद सुवेदी, माओवादी केन्द्रका कृतिमान पुन, दाङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ लगाएतले वोल्नु भएको थियो । वडा अध्यक्ष शक्तिराम डागीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन यशोदा केसीले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्