सैघाली खबर,
तुलसीपुर३० चैत ।
तुलसीपुरमा निर्माण जारी आधुनिक बसपार्कको काम ४० प्रतिसत पूरा भएको छ । तुलसीपुरमा निर्माण हुन लागेको आधुनिक बसपार्कको काम ४० प्रतिशत पूरा भएको छ । १५ महिनामा आधुनिक बसपार्क निर्माणको काम सक्ने सम्झौता अनुसार काम अगाडि बढिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टोपेन्द्र केसीले बताए । ‘१५ महिनामा काम गर्ने सम्झौता भएको हो’ उनले भने ‘ त्यही अनुसार काम अगाडि बढिरहेको छ ।’ चालुआर्थिक बर्ष भित्रै काम सक्ने तयारी भईरहेको उनले बताए । उनका अनुसार अहिले टर्मिनल भवन र ५२ वटा सपिङ स्टल निर्माणको काम पुरा भएको छ तुलसीपुर उपमहानगरपालिकाका ईञ्जिनियर पवन कुमार योगीले बताए ।
उनका अनुसार सपिङ स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । अब भवनमा पेन्ट लगाउने, सडक बत्ति, निर्माण गर्ने काम बाँकी रहेको उनले बताए । ईञ्जिनियर योगीका अनुसार अहिलेसम्म करिब ४ करोड रकम खर्च भईसकेको छ । गत मंसिर देखी आधुनिक बसपार्क निर्माणको काम शुरु भएको हो । करिब ३४ करोडको लागतमा आधुनिक बसपार्क निर्माणको काम शुरु भएको ईञ्जिनियर योगीले बताए ।
बहुबर्षिय योजना अन्तरगत राखिएको बसपार्क निर्माणको पहिलो चरणमा ५÷५ प्रतिसत व्याजदरमा नगर बिकास कोषले उपलब्ध गराएको ९ करोड तथा कोषको एक करोड अनुदान र तुलसीपुर उप–महानगरपालिकाको ५० लाख गरि कुल १० करोड ५० लाखमा काम हुने छ । सोही रकमबाट १६ कोठे टर्मिनल भवन, गार्डेन, रेष्टुरेन्ट, ५२ वटा सपिङ्ग स्टल, सार्बजनिक सौचालय, रेष्टरेन्ट, पक्की सडक र सडक बत्ति निर्माण हुने छन् । ३ करोड १६ लाख ९८ हजारमा टर्मिनल भवन निर्माण हुने छ भने २ करोड ४४ लाख २२ हजारमा ५२ वटा सटर रहेको सपिङ स्टल निर्माण गरिने ईञ्जिनियर योगीले जानकारी दिए । भित्र टिकट काउन्टर, रेष्टुरेष्ट, प्रशासनिक भवन, हेल्प डेक्स र बीचमा बगैचा निर्माण हुनेछ ।
सपिङ काउन्टर ब्यापारिक प्रायोजनाका लागि निर्माण गरिएको उनले बताए । टेन्डर आह्वान गरि ति सटरहरु भाडामा लगाउने उनले बताए । ती सटरहरु उपमहानगरपालिकाको आम्दानीको स्रोत बन्ने उनले बताए । शतुलसीपुर बसपार्क ब्यस्थित नहुँदा हिलाम्मे, धुलाम्मे हुने गरेको थियो । जसले गर्दा यात्रु तथा वरपरका बासिन्दालाई निकै समस्या हुने गरेको थियो । शिब शक्ति निर्माण कम्पनीले आधुनिक बसपार्क निर्माणको जिम्मा पाएको छ ।
प्रक्रिया शुरु गरेको ५ बर्ष पछि बल्ल तुलसीपुरमा आधुनिक बसपार्क निर्माणको काम शुरु भएको हो । साबिक तुलसीपुर नगरपालिकाले ५ बर्ष अघिदेखि बसपार्क निर्माणका लागि प्रक्रिया शुरु गरेपनि बिभिन्न बाधा व्यवधान र अबरोधका कारण समयमा बसपार्क निर्माणको कार्य शुरु हुन सकेको थिएन् । त्यहाँका बासिन्दाले बसपार्कलाई आधुनिक बनाउन लामो संघर्ष गरेपछि आधुनिक बसपार्क निर्माणको कार्य शुरु भएको हो । २०५२ सालमा पातुखोलाको बगरमा स्थानतरण गरिएको उक्त बसपार्क आधुनिक बनाउन माग गर्दै त्यहाँका बासिन्दा पटक पटक बिभिन्न निकायमा डेलिगेशन गएका थिए । कहिले नगरपालिका, कहिले नगर बिकास कोषमा डेलिगेशन गए । त्यसको फल स्वरुप अबको १० महिनामा आधुनिक बसपार्क निर्माणको कार्य शुरु हुँदैछ ।
आधुनिक बसपार्क निर्माण भएपछि यहाँ आउने यात्रुहरुलाई आवत जावतमा पनि सहज हुने छ । गाडि पार्किङ ब्यबस्थित हुने तथा बसपार्क आसपासमा बसोबास गर्दै आएका बासिन्दाहरु धुलो मुक्त हुने छन् । बसपार्क निर्माणको सिलन्यास जेठ २९ गते प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले गरेका थिए । तुलसीपुर बजारको बसपार्क पातुखोलामा सारेको २२ वर्ष वितिसक्दा पनि त्यसको अवस्थामा सुधार आउन सकेको थिएन् । अहिले तुलसीपुर बसपार्कलाई आधुनिक बनाउने कार्य धमाधम भईरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।