अंग्रेजी माध्याममा पढाई हुने



सैघाली खबर,
तुलसीपुर ३० चैत ।
तुलसीपुर ६ पातुखोलामा रहेको ज्ञान ज्योती प्राथमिक बिद्यालयको अभिभावक भेला भयको छ । भेलाले शैक्षिकसत्र २०७५ देखि कक्षा ६ सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै नर्सरी देखि अग्रेजी माद्ययमबाट पठन पाठन सन्चालन गर्ने निर्णय गरेको प्रधानध्यापक मेगराज घिमिरेले बताए ।
प्रत्येक कक्षाकोठामा डिजिटल प्रबिधि जडान गरि मल्टिमिडिया मार्फत कक्षा सचालन गर्ने, कमजोर बिद्यार्थीका लागि छुट्टै पठन पाठनको ब्यबस्था गर्ने निर्णय गरेको छ । साथै गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि निशुल्क र अभिभाबक लाई थप सहयोग गर्ने लगायतका निर्णय भएको प्रअ घिमिरेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्