साढे ३३ केजी सुन काण्डका अभियुक्तद्वारा हिरासतमै आत्महत्या



सैघाली खबर,
काठमाडौं ३० चैत्र। साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक अभियुक्तले महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमै आत्महत्या गरेका छन् ।
हिरासतमा रहेका प्रेमराज चौधरीले बिहान ५ बजे गाडी बाथरुममा आत्महत्या गरेको काठमाडौं प्रहरी परिसले जनाएको छ । माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको सुन खोज्ने क्रममा भरिया शनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । त्यसकै आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आशंकामा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्