चितवनबाट प्रचण्डले यस्तो भने



सैघाली खबर
चैत ३०
चितवन ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दललाई समेटेर दुई तिहाइको सरकार बनाउने बताएका छन् ।

मधेसवादी दलको एक घटक सैद्धान्तिक र राजनीतिकरुपमा सत्तामा आउने तयारी भएपनि प्राविधिक केही विषय मिलाउन बाँकी रहेको भन्दै प्रचण्डले त्यसलाई पनि टुंगाएर दुई तिहाइ पुर्‍याउने बताएका हुन् ।

माडीले नगरपालिकाले विहान आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डलेवर्तमान सरकारको एजेण्डा विकास र समृद्धिभन्दा बाहेक अर्को नभएको जानकारी दिए । प्रचण्डले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको बताए । ‘अब हामीले पनि गर्न सकिएन भने कसले गर्छ रु’ उनले भने, ‘न त धरतीबाट कोही उम्रन्छ, नत आकाशबाट कोही झर्छ ।’
अध्यक्ष प्रचण्डले पार्टी एकता प्रकृयालाई छिटो टुंग्याउने समेत जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्