मुख्य समाचार

चितवनबाट प्रचण्डले यस्तो भने

By थाहा अनलाइन

April 13, 2018

सैघाली खबर चैत ३० चितवन ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दललाई समेटेर दुई तिहाइको सरकार बनाउने बताएका छन् ।

मधेसवादी दलको एक घटक सैद्धान्तिक र राजनीतिकरुपमा सत्तामा आउने तयारी भएपनि प्राविधिक केही विषय मिलाउन बाँकी रहेको भन्दै प्रचण्डले त्यसलाई पनि टुंगाएर दुई तिहाइ पुर्‍याउने बताएका हुन् ।

माडीले नगरपालिकाले विहान आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डलेवर्तमान सरकारको एजेण्डा विकास र समृद्धिभन्दा बाहेक अर्को नभएको जानकारी दिए । प्रचण्डले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको बताए । ‘अब हामीले पनि गर्न सकिएन भने कसले गर्छ रु’ उनले भने, ‘न त धरतीबाट कोही उम्रन्छ, नत आकाशबाट कोही झर्छ ।’ अध्यक्ष प्रचण्डले पार्टी एकता प्रकृयालाई छिटो टुंग्याउने समेत जानकारी दिए ।