विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसद पक्राउ



सैघाली खबर
चैत ३०
उदयपुर , बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसद किरण राईलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनको समयमा जिल्लामा भएका बम विष्फोटका घटनामा संलग्न भएको भनदै पूर्व सांसद राईसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको प्रहरीले जनाएको छ । राई नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । राई ०६४ को निर्वाचनमा सुनसरीबाट नेपाल नेकपा माओवादीबाट निर्वाचित भएका थिए।

चैत पहिलो हप्ता पक्राउ परी धनकुटा प्रशासनबाट साधारण तारेखमा छाडिएका राईलगायतलाई प्रशासन परिसरबाटै पक्राउ गरी उदयपुर ल्याइएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्